4 years ago
January 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याटर ट्रभिस हेडको शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डसँग विश्व प्रतिष्ठित एसेज सिरिजको पाँचौं तथा अन्तिम टेस्ट खेलमा पहिलो दिन मध्यम ब्याटिङ गरेको छ ।

होबार्टमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ५९.३ ओभरमा २४१–६ को अवस्थामा पहिलो दिनको समाप्ति भएको छ । अष्ट्रेलिया ट्रभिस हेडले १ सय १३ बलमा १२ चौकासहित १ सय १ रनको शतकीय इनिङ खेले । जारी एसेज सिरिजमा हेडको यो दोस्रो शतक हो । पहिलो टेस्ट खेलको पहिलो इनिङमा हेडले १ सय ५२ रनको शतकीय इनिङ खेलेका थिए । हेडको टेस्ट करिअरको चौथो शतक हो ।
युवा अलराउन्डर क्यामरन ग्रिनले १ सय ९ बलमा ८ चौकासहित ७४ रनको योगदान दिए । पाँचौं विकेटका लागि ग्रिन र हेडले १ सय २१ रनको शतकीय साझेदारी गरेका थिए । अष्ट्रेलियाको सुरुवात भने राम्रो हुन सकेन । ओपनर डेविड वार्नर शून्य र उस्मान खवाजा ६ रनमा क्याच आउट भएका थिए ।
स्टिभ स्मिथलाई ओली रोविन्सन शून्यमा ज्याक क्रलीबाट क्याच गराएपछि १२–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि मार्नस लाबुसेन र हेडले ७१ रनको साझेदारी गरेका थिए । लाबुसेन स्टुअर्ट ब्रोडको बलमा लेग साइडमा अप्रत्याशित बोल्ड आउट भएका थिए ।
लाबुसेनले ५३ बलमा ९ चौकासहित ४४ रन बनाए ।
अष्ट्रेलिया एलेक्स केरी १० रनमा अविजित छन् । केरीलाई मिचेल स्टार्कले शून्यबाट साथ दिनेछन् । इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र ओली रोबिन्सनले २–२ विकेट लिए । मार्कवुड र क्रिस वोक्सको नाममा १–१ विकेट छ । अष्ट्रेलियाले लगातार सुरुवाती तीन खेलमा जितका साथ एसेज ट्रफी जिति सकेको छ ।
अष्ट्रेलिया पहिलो टेस्टमा ९ विकेट, दोस्रो टेस्टमा २ सय ७५ रन र तेस्रो टेस्टमा १४ रनको इनिङ अन्तरले विजयी भएको थियो । चौथो टेस्ट भने ड्र भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]