default_image

4 years ago

January 14, 2022

शतक हाने र पाँच विकेट लिए १०-१० हजार पुरस्कार

271 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश क्रिकेट संघले काठमाडौंमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक बनाउने र पाँच विकेट लिने आफ्ना प्रदेशका खेलाडीलाई १०-१० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।

बागमती संघले शतक हान्ने र पाँच विकेट लिनेलाई प्रत्येक खेलाडीले संघको तर्फबाट १०-१० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ । त्यस्तै प्रत्येक खेलमा अर्धशतक बनाउने खेलाडीले ५ हजार पाउने छन् । तीन विकेट लिने खेलाडीले ५ हजार पाउनेछन् ।

संघले खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार ५ सय प्रदान गर्ने भएको छ । बागमती प्रदेश खेलकुद परिषदबाट सहयोगबाट म्याच फि २ हजार पाउने संघका सचिव दुर्गाराज पाठकले जानकारी दिए । उक्त दुई हजार म्याच फि १४ सदस्य टोलीसँगै वैकिल्पक खेलाडी, प्रशिक्षक र म्यानेजरले पाउने पाठकले जानकारी दिए ।

‘प्रतियोगिता जसले उक्त विकेट, शतक र अर्धशतक बनाउछन् त्यो प्रदेशको तर्फबाट हामीले दिने हो । हामीले खेलाडीलाई प्रोत्साहन गरेका हौं । शतक हान्यो भने १० हजार पुरस्कार पनि हुन्छ । ४० मा आउट हुनेले ५० हान्न खोज्ला । खेलाडीले पुरस्कारको लागि थप राम्रो गर्न सक्छन् ‘, पाठकले भने ।

बागमतीले गतवर्ष शतक हान्ने खेलाडीलाई १० हजार दिने निर्णय गरेको थियो । गतवर्ष अर्धशतक र पाँच विकेट लिने खेलाडीले ५–५ हजार प्रदान गरेको थियो । प्रत्येक खेलमा तीन विकेट लिने खेलाडीले तीन हजार रुपैयाँ प्रदान गर्ने जनाएको थियो ।

बागमती समूह बी मा छ । समूह बी मा बागमती ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । शनिबार बागमतीले गण्डकीलाई पराजित गरेको खण्डमा सेमिफाइनलमा स्थान बनाउने छ । बागमतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४९ रनले हराएको थियो । उक्त खेलमा सुवास खकुरेलले ५१ रन बनाउँदै म्यान अफ द म्याच घोषित भएका थिए । खकुरेलले अर्धशतक बापत पाँच हजार र म्यान अफ द म्याच वापत ५५ सय प्राप्त गर्ने छन् ।

लुम्बिनी विरुद्ध नन्दन यादवले तीन विकेट लिएका थिए । नन्दनले पनि पाँच हजार प्राप्त गर्नेछन् । बागमती एपिएफसँग ७ विकेटले पराजित भएको थियो । उक्त खेलमा पुरस्कारको कुनैपनि खेलाडी दाबेदार छैनन् । लुम्बिनीले प्रदेश २ लाई ५ विकेटले हराएको थियो । प्रतिश जि.सी. प्लेयर अफ द म्याच चुनिएका थिए । उनले ५५ सय प्राप्त गर्नेछन् ।

क्यानले यस प्रतियोगितामा म्याच फि १५ सय र म्यान अफ द म्याचलाई ५ हजार प्रदान गर्दै आएको छ ।

बागमतीको टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल (विकेटकिपर), नन्दन यादव, आदिल खान, लक्की कठायत, प्रतिश जि.सी., ईशान पाण्डे, रामनरेश गिरी, तिलकराज भण्डारी, रिजन ढकाल, सुमन सुनार, विपिन आचार्य, सुभास खत्री र रोशन विक ।

वैकल्पिक खेलाडी : सुजन चापागाईं, गौतम केसी, विवेक रानामगर र आशुतोष गवारिया

प्रशिक्षक रिकेश लामा

व्यवस्थापक – रुपक रञ्जित

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.