4 years ago
January 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा शनिबार (आज) हुने पहिलो खेल नेपाल पुलिस क्बल र प्रदेश १ बीचको खेल खेलाडीमा कोरोना आशंकापछि स्थगित भएको छ ।

खेल शनिबार विहान टियु मैदानमा विहान ९ बजे हुने तय थियो । तर प्रदेश १ का खेलाडीमा कोरोना आशंका भएपछि खेल आजको लागि स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानका केन्द्रिय सदस्य दुर्गाराज पाठकका अनुसार खेलाडीमा आज कोरोना परिक्षण हुनेछ । त्यसपसछि आइतबार नतिजा आएपछि थाहा हुने बताए ।
‘प्रदेश १ का खेलाडीमा कोरोना लक्ष्यण देखिएपछि उनीहरुको आग्रहमै परिक्षण गर्न लागेको हो । किनभने विभागीय टोलीमा सिनियर टोलीका खेलाडीहरु पनि बढी छन् । प्रदेश १ का खेलाडीहरुको आजनै परिक्षण हुनेछ’, पाठकले भने ।
खेलमा अंक बाँड्ने वा पुन खेलाउने प्रदेश १ का खेलाडीको पिसिआर परिक्षणको नतिजापछि मात्र थाहा हुनेछ । पुलिस ३ खेलमा अपराजित रहँदै समूह एको विजेता रुपमा समेमिफाइनलमा पुगि सकेको छ । प्रदेश १ ले बाँकी दुबै खेलमा विशाल जित निकालेको खण्डमा त्रिभुवन आर्मी क्लब बाहिरिन सक्छ ।
आजनै हुने दोस्रो खेलमा बागमती र गण्डकीबीचको खेल भने टियुमा निर्धारित समयमै हुनेछ । खेल दिउँसो १ : १५ मा हुनेछ । बागमती विजयी भएको खण्डमा शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्नेछ । समूह बी बाट एपिएफ अपराजित रहँदै सेमिफाइनलमा पुगि सकेको छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]