4 years ago
January 15, 2022
एजेन्सी – वेस्टइन्डिजमा जारी आइसिसी यू–१९ विश्वकपमा अष्ट्रेलिया र श्रीलंकाले विजयी सुरुवात गरेको छ । समूह डी को अष्ट्रेलियाले वेस्टइन्डिजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गर्यो ।

विश्वकपको उद्धघाटन खेलमा गुयानामा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली वेस्टइन्डिज ४०.१ ओभरमा १ सय ६९ रनमा अल आउट भयो । वेस्टइन्डिजका कप्तान अकिम अगष्टेले ६७ बलमा ८ चौकासहित सर्वाधिक ६७ रन बनाए । विकेटकिपर रिभाल्डे क्लार्क ३७ र म्याकेनी क्लार्कले २९ रन जोडे । अष्ट्रेलियाका टम ह्टिनी, कुपर कोनोली र निवेथान राधाकृष्णनले ३–३ विकेट लिए ।
१ सय ७० रनको विजयी लक्ष्य अष्ट्रेलियाले ४४.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा टिग वाइली १ सय २९ बलमा ८ चौकासहित ८६ रनमा अविजित रहँदै जित पक्का गरे । अष्ट्रेलियाले १७ जनवरीमा श्रीलंकासँग खेल्नेछ । वेस्टइन्डिजले त्यसै दिन स्कटल्यान्डसँग खेल्नेछ ।

अर्को खेलमा श्रीलंकाले स्कटल्यान्डलाई ४० रनले हरायो । टस जितेर ब्याटिङ रोजेको श्रीलंका ४५.२ ओभरमा २ सय १८ रनमा अल आउट भयो । सकुना लियानागेले ८५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ८५ रन जोडे । रविन डि सिल्भाले ३० र चामिन्दु विक्रमसिंधेले २८ रन बनाए । स्कटल्यान्डका सेन फिशर केओगले सर्वाधिक तीन विकेट लिए ।
यू-१९ विश्वकपमा आज चार खेल हुनेछन् । समूह सी को खेलमा जिम्बावे र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । समूह बी को आयरल्यान्डले युगान्डासँग खेल्नेछ । समूह बी कै भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । समूह ए को क्यानडा र युएईबीच प्रतिस्पर्धा हुनेछन् । सबै खेल बेलुका ६ : ४५ पछि सुरु हुनेछन् । यू१९ विश्वकपमा १६ देशको सहभगीता छ । हरेक समूहमा चार चार टोली छन् । हरेक समूह शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।
यू-१९ विश्वकपको समूह
समूह ए – बंगलादेश, इंग्ल्यान्ड, क्यानडा र युएई
समूह बी – भारत, आयरल्यान्ड, दक्षिण अफ्रिका र युगान्डा
समूह सी – अफगानिस्तान, पाकिस्तान, पपुवा न्युगिनी र जिम्बावे
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]