4 years ago
January 15, 2022
काठमाडौं(हाम्रो खेलकुद) – युवा तीव्र गतिका बलर प्रतिश जि.सीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले हराउँदै प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । समूह बी मा रहेको बागमतीले ६ अंकका साथ शीर्ष दुईमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

१ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रन बनायो । गण्डकीका विधान श्रेष्ठ, दीपक डम्रे, सन्दीप क्षेत्री, गोविन्द विक र कप्तान विशाल पौडेलले समान १० रन बनाए । ओपनर अर्जुन कुमाल ९ र अर्जुन गुरुङ ८ रनमा आउट भए ।
बागमतीका नन्दन यादव, विपिन आचार्य र सुवास खत्रीले २–२ विकेट लिए । बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी, रामनरेश गिरी र रिजन ढकालले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । बागमतीका प्रतिश जि.सी.ले मात्र ८ बलमा ३ छक्का र २ चौकासहित अन्त्यतिर आक्रामक २७ रन जोडेका थिए । विपिन आचार्यले १९ बलमा ३ चौकासहित सर्वाधिक ३० रन बनाए ।
ओपनर सुवास खकुरेल ३० बलमा २ चौका र १ छक्कासहित २७ रन जोडे । ईशान पान्डे ९, ज्ञानेन्द्र मल्ल ४, लक्की कठायत १७ र नन्दन यादवले १४ रनमा आउट भए । गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले २–२ विकेट लिए । अशोक श्रेष्ठ, सुवास भण्डारी र कमल परियारले १–१ विकेट लिए ।
समूह बी बाट एपिएफ ४ खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगि सकेको छ । बागमती ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक जोड्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । एपिएफले समूह ए को उपविजेतासँग सेमिफाइनल खेल्नेछ । समूह ए को उप विजेतामा त्रिभुवन आर्मी क्लब र प्रदेश १ दौडमा छन् । बागमतीले समूह ए को विजेता नेपाल पुलिस क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
समूह ए मा पुलिस ३ खेलमा अपराजित रहँदै ६ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा पुगि सकेको छ । पुलिसले आज प्रदेश १ सँग अन्तिम खेल खेल्ने कार्यक्रम थियो । तर प्रदेश १ का खेलाडीमा कोरोना आशंका भएपछि स्थगित भएको थियो । यदी उक्त खेल रद्ध भएमा प्रदेश एक स्वत बाहिरिने छ । त्रिभुवन आर्मी क्लब ४ खेलमा २ मा जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा छ । प्रदेश १ ले बाँकी दुई खेलमा विशाल जित हात पारेको खण्डमा आर्मी र प्रदेश १ को समान ५–५ अंक हुनेछ ।
यो अवस्थामा नेटरनरेटमा माथि हुने टोली सेमिफाइनलमा समूह ए को उपविजेताको रुपमा पुग्नेछ । तर प्रदेश १ ले बाँकी दुई मध्य एक खेलमा हारेमा वा अंक बाँडेको खण्डमा आर्मी सोझै ५ अंकका साथ सेमिफाइनलमा पुग्नेछ । प्रदेश १ ले पुलिस र सुदूरपश्चिमसँग खेल्ने तालिका छ । आज पुलिससँगको खेल स्थगित भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]