4 years ago
January 15, 2022
एजेन्सी – भारतीय क्रिकेट टोलीका एक उत्कृष्ट ब्याटर विराट कोहलीले टेस्ट कप्तानी पनि छाडेका छन् । कोहलीले सामाजिक सन्जालबाट कप्तानी छाडेको जनाएका छन् ।

सन् २०१४ मा महेन्द्रसिंह धोनीले छाडेपछि कोहलीले भारतीय टेस्ट टोलीको नेतृत्व गर्दै आएका छन् । कोहलीले दुई महिना अघि टि२० आईको कप्तानी छाडेका थिए । कोहली तीन टेस्ट सिरिज र तीन ओडिआई सिरिजको लागि दक्षिण अफ्रिकामा छन् । भारतले कोहलीलाई यसै सिरिज मार्फत भारतीय ओडिआई टोलीको कप्तानीबाट भने हटाएको थियो ।
भारतले एक दिन अघि दक्षिण अफ्रिकासँग तीन टेस्ट खेलको सिरिज २–१ ले गुमाएको थियो । उक्त सिरिज पछि कोहलीले भारतीय टोलीको नेतृत्व छाडेका हुन् । तीन ओडिआई अन्तर्गत पहिलो ओडिआई १९ जनवरीमा सुरु हुने छ । भारतको कप्तानी लोकेश राहुलले गर्ने छन् ।
कोहली भारतका टेस्टका सर्वाधिक सफल कप्तान हुन् ।
कोहलीको कप्तानीमा भारतले ६८ टेस्ट खेल खेलेको थियो । कोहलीले ४० खेल जिताउदा १७ खेलमा हार र ११ खेलल ड्र थिए । जसमा घरेलु मैदानमा २४ र विदेशमा १६ खेल जिताएका थिए । अव भारतको टेस्ट कप्तानमा लोकेश राहुलको सम्भावना बढी छ । रोहित शर्मा भारतको सिमित ओभरका कप्तान हुन् । भारतले सिमित र टेस्टमा फरक फरक कप्तान बनाउने मनासाय देखिन्छ । सिमित र टेस्ट दुबैमा कप्तानी दिएमा रोहितको सम्भावना छ । दीर्घकालिन रुपमा ऋषभ पन्त र श्रेयस ऐर पनि सम्भावना देखिन्छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]