default_image

4 years ago

January 16, 2022

सुदूरपश्चिमको जितले आर्मी सेमिफाइनलमा

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रदेश नम्बर १ लाई हराएसँगै त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा पुगेको छ ।

सुदूरपश्चिम प्रदेशले आफ्नो अन्तिम खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै सुखद अन्त्य गरेको छ । समूह ए मा प्रदेश १ को हारले आर्मी ५ अंकका साथ उपविजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

१ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा राजु रिजालले ५२ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६८ रन बनाए । त्रिभुवन आर्मी क्लब छाडेका विकेटकिपर राजुले सुदूरबाट पहिलो खेल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका हुन् । राजु तीव्र गतिका बलर कमल खत्रीको बलमा एलबीडब्लू आउट भएका थिए ।

सुदूरलाई ओपनर राजु रिजाल र कप्तान सन्तोष भट्टले पहिलो विकेटका लागि १२.३ ओभरमा ९८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । सन्तोष मुकुन्द यादवको बलमा फिर्दोस अन्सारीबाट क्याच हुँदै अर्धशतक बनाउन दुई रनले चुकेका थिए । सन्तोषले ३९ बलमा ४ चौका र ३ छक्कासहित ४८ रनमा क्याच आउट भए ।

विकेटकिपर अर्जुन साउद ११ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा अविजित रहे । नारायण जोशी ५ बलमा १ छक्कासहित ८ रनमा अविजित रहे । अन्तिब ओभरमा एक रन चाहिँएको अवस्थामा नारायणले पहिलो बलमै श्रवण यादवलाई लङअनमा छक्का प्रहार गर्दै खेल सकाएका थिए । प्रदेश १ का कमल खत्री, मुकुन्द यादव र फिर्दोस अन्सारीले १-१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । प्रदेश १ का मुकुन्द यादवले २७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । सोनु अन्सारीले २६ बलमा ४ चौका र १ छक्कासहित ३१ रन जोडे । ओपनर मिनाश थापा र अकिंत सुवेदी २३–२३ रनमा आउट भए । सुदूरका हेमन्त धामी र नारायण जोशीले २–२ विकेट लिए । कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य महताले १–१ विकेट लिए ।


समूह ए बाट नेपाल पुलिस क्लब ३ खेलमा ३ मा नै जितका साथ शीर्षस्थानमा रहेर सेमिफाइनलमा पुगि सकेको छ । पुलिसले आफ्नो अन्तिम खेल प्रदेश १ सँग सोमबार खेल्नेछ । त्रिभुवन आर्मी क्लब ४ खेलमा २ मा जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

सुदूर ४ खेलमा २ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ । कर्णाली ४ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहँदै बाहिरियो । प्रदेश १ ले ३ खेलमा जित विहीन हुँदै १ अंकका साथ पुछारमा छ । प्रदेश १ ले आर्मीसँगको खेल भिजेको आउट फिल्डको कारण अंक बाँडेको थियो ।

समूह बी मा एपिएफ समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । एपिएफ ४ खेलमा अपराजित हुँदै ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । बागमती ४ खेलमा ३ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । सेमिफाइनलमा पुलिस र बागमती तथा एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनमाघ ४ र फाइनल माघ ५ मा हुनेछ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.