4 years ago
January 16, 2022
एजेन्सी – अष्ट्रेलियाले एसेज सिरिज अन्तर्गत इंग्ल्यान्डसँग पाँचौं तथा अन्तिम टेस्ट खेलमा १ सय ४६ रनको सानदार जित हात पारेको छ । योसँगै अष्ट्रेलियाले पाँच टेस्टको एसेज सिरिज ४–० ले जितेको छ । सुरुवाती तीन खेलमा लगातार जितका साथ घरेलु टोली अष्ट्रेलियाले एसेज ट्रफी जितेको थियो ।

२ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १ सय २४ रनमा अल आउट भयो । एक समय ६८–१ को अवस्थामा रहेको इंग्ल्यान्डले त्यसपछि लगातार विकेट गुमाउँदै १ सय २४ रनमै अल आउट भएको थियो । इंग्ल्यान्डका ओपनर ज्याक क्रलीले ६६ बलमा ७ चौकासहित सर्वाधिक ३६ रन बनाए ।
रोरी बन्र्सले ४६ बलमा ४ चौका प्रहार गर्दै २६ रनमा आउट भए । डेविड मलान १०, जो रुट ११, बेन स्टोक्स र ओली पोप ५–५ रनमा आउट भए । अष्ट्रेलिया प्याट कमिन्स, स्कट बोल्यान्ड र क्यामरन ग्रिनले ३–३ विकेट लिए ।
त्यसअघि दोस्रो इनिङमा अष्ट्रेलिया १ सय ५५ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा अष्ट्रेलियाले १ सय १५ रनको अग्रता लिएको थियो । अष्ट्रेलियाका विकेटकिपर एलेक्स केरीले ८८ बलमा ४ चौकासहित सर्वाधिक ४९ रन बनाए । क्यामरन ग्रिनले ४७ बलमा ३ चौकासहित २३ रन जोडे । स्टिभ स्मिथले ६२ बलमा ४ चौकासहित २७ रनको योगदान दिए । इंग्ल्यान्डका तीव्र गतिका बलर मार्क वुडले सर्वाधिक ६ विकेट लिए । स्टुअर्ट ब्रोडको नाममा ३ विकेट रह्यो ।
इंग्ल्यान्ड पहिलो इनिङमा १ सय ८८ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका क्रिस वोक्सले ४८ बलमा ५ चौका र १ छक्कासहित ३६ रनको योगदान दिए । जो रुट ३४, डेविड मलान २५ र साम विलिंग्स २९ रनमा आउट भए । अष्ट्रेलियाका प्याट कमिन्सले सर्वाधिक ४ विकेट लिए । मिचेल स्टार्कको नाममा ३ विकेट रह्यो ।
त्यसअघि होबार्टमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा ३ सय ३ रनमा अल आउट भयो । अष्ट्रेलिया ट्रभिस हेडले १ सय १३ बलमा १२ चौकासहित सर्वाधिक १ सय १ रनको योगदान दिए । क्यामरन ग्रिनले १ सय ९ बलमा ८ चौकासहित ७४ रन जोडे । मार्नस लाबुसेन ४४ र एलेक्स केरीले २४ रन जोडे ।
इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र मार्क वुडले ३–३ विकेट लिए । ओली रोविन्सन र क्रिस वोक्सको नाममा २–२ विकेट रह्यो । अष्ट्रेलिया पहिलो खेलमा ९ विकेट, दोस्रो खेलमा २ सय ७५ रन र तेस्रो खेलमा १४ रनको इनिङ अन्तरले विजयी भएको थियो । चौथो खेल ड्र भएको थियो ।
अष्ट्रेलियाले अव न्युजिल्यान्डसँग तीन ओडिआई र एक टि२० आई खेल खेल्नेछ । पहिलो ओडिआई खेल ३० जनवरीमा हुनेछ । इंग्ल्यान्डले वेस्टइन्डिजसँग पाँच टि२० आई सिरिज र तीन टेस्ट सिरिज खेल्नेछ । इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको पहिलो टि२० खेल २२ जनवरीमा हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]