default_image

4 years ago

January 17, 2022

पुलिसको सहज जितमा आरिफको धारिलो बलिङ

208 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्य गतिका बलर आरिफ शेखको धारिलो बलिङको सहयोगमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा प्रदेश १ माथि ६ विकेटको सहज जित हात पारेको छ । योसँगै पुलिसले समूह ए बाट अपराजित यात्राका साथ सेमिफाइनल खेल्ने भएको छ ।

१ सय २ रनको सामान्य विजयी लक्ष्य पुलिसले १३.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा ओपनर कुशल भुर्तेलले २८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । पवन सरार्फ ४ र दीपेन्द्रसिंह ऐरी ऐरी २० रनमा आउट भए ।

फिर्दोस अन्सारीको पहिलो ओभरको चौथो बलमा कप्तान अंकित सुवेदीले कभरमा एक हातले उत्कृष्ट क्याच लिएपछि पवन पेभिलिएन फर्केका थिए । स्पिनर दीपेश कंडेलको बलमा ठूलो सट खेलेका दीपेन्द्र लङअफमा सुवेदीबाट क्याच भए । दीपेन्द्रले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । अनिल शाह २४ बलमा २ चौका र १ छक्कासहित २६ रनमा अविजित रहे । आरिफ शेख ४ बलमा २ चौका सहित १० रनमा अविजित रहे ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । प्रदेश १ का ओपनर मिनाश थापाले थापाले ५९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए । श्रवण यादव १० रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसका मध्य गतिका बलर आरिफ शेखले ३ ओभरमा २ मेडन सहित ३ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । मन्जित श्रेष्ठले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए । करण केसी र सागर ढकालले १–१ विकेट लिए ।

समूह ए को विजेता पुलिसले पहिलो सेमिफाइनलमा मंगलबार समूह बी को उपविजेता बागमती प्रदेशसँग खेल्नेछ । समूह बी को विजेता एपिएफले समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ । फाइनल बुधबार हुनेछ ।

अंक तालिका

समूह ए बाट नेपाल पुलिस क्लब ४ खेलमा ४ मा नै जितका साथ शीर्षस्थानमा रह्यो । त्रिभुवन आर्मी क्लब ४ खेलमा २ मा जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

सुदूर ४ खेलमा २ मा जित र २ मा हार सहित तेस्रो स्थानमा रह्यो । कर्णाली ४ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहँदै बाहिरियो । प्रदेश १ ले ३ खेलमा जित विहीन हुँदै १ अंकका साथ पुछारमा रहेर बाहिरियो । प्रदेश १ ले आर्मीसँगको खेल भिजेको आउट फिल्डको कारण अंक बाँडेको थियो ।

समूह बी मा एपिएफ समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । एपिएफ ४ खेलमा अपराजित हुँदै ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । बागमती ४ खेलमा ३ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

लुम्बिनी ४ खेलमा २ मा जित र २ मा हार सहित तेस्रो स्थानमा रह्यो । प्रदेश २ ले ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रह्यो । गण्डकी ४ खेलमा जित विहीन हुँदै पुछारमा रहेर बाहिरियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.