default_image

4 years ago

January 17, 2022

प्रधानमन्त्री कप विजेताले पाँच लाख पाउने

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता विजेताले पाँच लाख पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशन सिंहले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता विजेताले पाँच लाख र उप विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने जनाए ।

रोशनका अनुसार प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) ले ३० हजार प्राप्त गर्ने छन् । प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २० हजार प्राप्त गर्ने छन् । सेमिफाइनलबाट बाहिरिने बाँकी दुई टोलीले ५०–५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । क्यानले यस पटक खेलाडीलाई म्याच फि १५ सयका दरले दिने जनाई सकेको छ ।

पुष २६ देखि सुरु भएको प्रतियोगितामा सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लागि सकेको छ । पहिलो सेमिफाइनलमा समूह ए को विजेता नेपाल पुलिस क्लब र समूह वी को उपविजेता बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा समूह बी को विजेता नेपाल एपिएफ क्लब र समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै सेमिफाइनल मंगलबार हुनेछन् । फाइनल बुधबार टियु मैदानमा हुनेछ ।

नेपाल पुलिस क्लब ४ खेलमा ४ मा नै जितका साथ समूह ए को शीर्ष स्थानमा रह्यो । पुलिसले पहिलो खेलले सुदूरलाई दुई रन, आर्मीलाई ४ विकेट, कर्णाली प्रदेशलाई ८९ र प्रदेश १ लाई ६ विकेटले हराएको थियो ।

त्रिभुवन आर्मी क्लब ४ खेलमा २ मा जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा रह्यो । आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हराएको थियो । पुलिससँग ४ विकेटले हारेको थियो । प्रदेश १ सँग मुलपानीमा भिजेको आउटफिल्डको कारण १–१ अंक बाँडेको थियो । सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराएको थियो ।

समूह बी मा एपिएफ ४ खेलमा अपराजित हुँदै ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । एपिएफले पहिलो खेलमा प्रदेश २ लाई २४ रन, बागमती प्रदेशलाई ७ विकेट, गण्डकीलाई २ रन र लुम्बिनी प्रदेशलाई ७ विकेटले हराएको थियो । बागमती ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक जोड्दै दोस्रो स्थानमा रह्यो ।

बागमतीले पहिलो खेलमा लुम्बिनीलाई ४९ रनले हराउँदै एपिएफसँग ७ विकेटले हारेको थियो । प्रदेश २ लाई ५ विकेट र गण्डकी प्रदेशलाई ४० रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

अंक तालिका

समूह ए बाट नेपाल पुलिस क्लब ४ खेलमा ४ मा नै जितका साथ शीर्षस्थानमा रह्यो । त्रिभुवन आर्मी क्लब ४ खेलमा २ मा जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

सुदूरपश्चिम ४ खेलमा २ मा जित र २ मा हार सहित तेस्रो स्थानमा रह्यो । कर्णाली ४ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहँदै बाहिरियो । प्रदेश १ ले ३ खेलमा जित विहीन हुँदै १ अंकका साथ पुछारमा रहेर बाहिरियो । प्रदेश १ ले आर्मीसँगको खेल भिजेको आउट फिल्डको कारण अंक बाँडेको थियो ।

समूह बी मा एपिएफ ४ खेलमा अपराजित हुँदै ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । बागमती ४ खेलमा ३ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रह्यो ।

लुम्बिनी ४ खेलमा २ मा जित र २ मा हार सहित तेस्रो स्थानमा रह्यो । प्रदेश २ ले ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रह्यो । गण्डकी ४ खेलमा जित विहीन हुँदै पुछारमा रहेर बाहिरियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.