default_image

4 years ago

January 18, 2022

सेमिफाइनल खेलमा पुलिसका कुशल र करण नै बेन्चमा

167 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबका दुई प्रमुख खेलाडी कुशल भुर्तेल र करण केसी बेन्चमा छन् । बागमती प्रदेश र नेपाल पुलिस क्लबबीचको पहिलो सेमिफाइनल खेल टियु मैदानमा जारी छ ।

नेपाल पुलिस क्लबले टस जितेर पहिला ब्याटिङ थालेको छ । पुलिसको प्लेइङ ११ मा ओपनर कुशल भुर्तेल र तीव्र गतिका बलर करण केसी प्लेइङ ११ मा छैनन् । यी दुबै खेलाडी अस्वस्थ कारण टोलीमा नभएको बुझिएको छ । पुलिसको ओपनिङ शंकर राना र पवन सरार्फले गरेका छन् । भुर्तेल यस प्रतियोगितामा उच्च लयमा थिए । भुर्तेलले आर्मीविरुद्ध ३५, कर्णालीविरुद्ध ८२ र प्रदेश १ विरुद्ध ४४ रन जोडेका थिए । प्रमुख ओपनर नहुँदा पुलिसलाई ठूलो धक्का लागेको छ ।

पुलिस समूह ए मा अपराजित यात्राका साथ विजेता बन्दै सेमिफाइनल खेलेको हो । बागमती प्रदेश समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेको हो । आजनै दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । बागमतीको टोलीमा अनुभवी विकेटकिपर सुवास खकुरेल छैनन् ।

पुलिसको प्लेइङ ११ : पवन सरार्फ, शंकर राना, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, दीलिप नाथ, आरिफ शेख, योगेन्द्रसिंह कार्की, राशिद खान, सागर ढकाल, गुलशन झा र मन्जित श्रेष्ठ (कप्तान) ।

बागमतीको प्लेइङ ११ : ईशान पान्डे, आदिल खान, ज्ञानेन्द्र मल्ल (कप्तान), लक्की कठायत (विकेटकिपर), विपिन आचार्य, तिलक भण्डारी, प्रतिश जि.सी. रिजन ढकाल, रामनरेश गिरी र सुमन सुनवार

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.