default_image

4 years ago

January 18, 2022

बागमतीलाई फाइनलमा पुग्न पुलिसको मध्यम लक्ष्य

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा पुग्न नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई १ सय ५६ रनको मध्यम लक्ष्य दिएको छ ।

पहिलो सेमिफाइनल खेलमा टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । पुलिसका ओपनर पवन सरार्फले ५४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५९ रन जोडे ।

पवनले दुई जीवनदान पाएका थिए । त्यसको भरपुर सदुपयोग भने गर्न सकेनन् । स्पिनर तिलक भण्डारीको ११ औं ओभरको पाँचौं बलमा कभरमा सुमन सुनवारले पवनको ४३ रनमा ड्रप गरेका थिए । लगत्तै अर्को ओभरको तेस्रो बलमा विकेटकिपर लक्की कठायतले ४७ रनमा क्याच ड्रप गरेका थिए । पवनले ४८ बलमा अर्धशतक पूरा गरेका थिए ।

पुलिसले चौथो ओभरमा दुई ब्याटरलाई गुमाएको थियो । बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले चौथो ओभरको तेस्रो बलमा शंकर रानालाई ८ रनमा क्याच गराएका थिए । मिड अनमा रामनरेश गिरीले उत्कृष्ट क्याच लिँदै पेभेलिएन फर्काए । रिजनको यसै ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर मिडअफमा प्रतिश जि.सीबाट शून्यमा क्याच आउट हुन पुगे । अस्वस्थको कारण कुशल भुर्तेल टोलीमा नहुँदा रानाले ओपनिङ गरेका थिए ।

तेस्रो विकेटका लागि पवन र अनिल शाहले ७८ रनको साझेदारी गरेका थिए । १६ औं ओभरमा नन्दन यादवले दुई विकेट लिएका थिए । नन्दनले अनिल शाहलाई २५ रनमा एलबीडब्लू आउट गरे । २४ बल खेलेका अनिलले १ चौका प्रहार गरे । दुई बलपछि पवन तिलकबाट क्याच भएका थिए । आरिफ शेख ९ बलमा १ छक्कासहित १२ रनमा क्याच आउट भए ।

दीलिप नाथ १६ बलमा २ चौका र २ छक्कासहित ३१ रनमा अविजित रहे । राशिद खान ५ रनमा अविजित रहे । बागमतीका रिजन ढकालले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । नन्दन यादवले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सीले १ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.