default_image

4 years ago

January 18, 2022

आसिफ र प्रदीपद्धारा प्रतियोगिता कै उत्कृष्ट साझेदारी

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका ओपनर आसिफ शेख र प्रदीप ऐरीले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै त्रिभुवन आर्मी क्लबविरुद्ध प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिताकै उत्कृष्ट साझेदारी गरेका छन् ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले सुरुवाती १३ ओभरमा कुनै विकेट नगुमाउँदै १ सय २७ रन बनाएको छ । कुनैपनि विकेटका लागि यो जारी प्रतियोगिताकै उत्कृष्ट साझेदारी हो । आसिफ ३४ बलमा ७ चौका र ४ छक्कासहित ६४ रनमा अविजित छन् । आसिफको २९ बलमा जारी प्रतियोगितामा दोस्रो अर्धशतक प्रहार गरेका थिए ।

प्रदीप ऐरी ४४ बलमा ७ चौका र १ छक्का सहित ५१ रनमा अविजित छन् । जारी प्रधानमन्त्री कपमा आसिफ र प्रदीपको यो सर्वाधिक ठूलो साझेदारी हो । प्रदीप र आसिफले यसअघि प्रदेश २ विरुद्ध गरेको १ सय २० रनको आफ्नै शतकीय साझेदारी तोडेका हुन् । आसिफले प्रदेश २ विरुद्ध ६३ रनको इनिङ खेलेका थिए । प्रदीपले प्रदेश २ विरुद्ध ६० रन जोडेका थिए । आसिफ र प्रदीप दुबैको दोस्रो अर्धशतक हो । प्रदीपले ४२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ५० रनले हराउँदै फाइनलमा पुगेको छ । फाइनल बुधबार हुनेछ । प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.