default_image

4 years ago

January 18, 2022

तीन आक्रामक अर्धशतकमा एपिएफको विशाल लक्ष्य

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेख, युवा ब्याटर लोकेश बम र प्रदीप ऐरीको अर्धशतकमा एपिएफले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २ सय ३१ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३० रन बनायो । एपिएफका ओपनर आसिफ शेखले ४३ बलमा १० चौका र ५ छक्का सहित सर्वाधिक ८४ रन बनाए । लोकेश बमले विष्फोटक ब्याटिङ गर्दै १८ बलमा २ चौका र ९ छक्कासहित ६८ रनमा अविजित रहे ।

लोकेशले १४ बलमै अर्धशतक पूरा गरेका थिए । प्रदीप ऐरी ५३ बलमा ७ चौका र १ छक्कासहित ५७ रनमा अविजित रहे । एपिएफलाई ओपनर प्रदीप ऐरी र आसिफ शेखले पहिलो विकेटका लागि १५ ओभरमा १ सय ५० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए ।

सुमित श्रेष्ठको बलमा ठूलो सट खेल्ने धुनमा डिप मिड विकेटमा क्याच भएपछि शतकबाट चुकेका थिए । शरद भेषावकर ९ रनमा आउट भए ।
आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले १-१ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.