default_image

4 years ago

January 18, 2022

सन्दीपको महत्वपूर्ण प्रदर्शनमा होबार्ट प्लेअफमा

285 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिग ब्यास लिगको ५३ औं खेलमा मेलबर्न रेनेगर्ड्सलाई ६ रनले हराएको छ । योसँगै होबार्टको प्ले अफमा स्थान पक्का बनेको छ ।

१ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । कप्तान आरोन फिन्चले ५२ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । टोली पराजित भएपनि फिन्च खेलको प्लेयर अफ द म्याच चुनिए । शन मार्श ३८ बलमा ७ चौका र १ छक्कासहित ५१ रनमा क्याच आउट भए ।

मेलबर्नलाई जितको लागि अन्तिम १२ बलमा १८ रन चाहिँएको थियो । १९ औं ओभरमा थोमस रेजर्सले दुई विकेट लिएर मात्र चार रन दिएपछि होबार्ट जिततर्फ अघि बढेको थियो । अन्तिम ६ बलमा १५ रन चाहिँएको अवस्थामा मेलबर्नले १ विकेट गुमाउँदै ८ रन जोडेपछि झिनो हार बेहोर्यो ।

ओपनर जेम्श सेमोर २४, उनमुक्त चन्द ६ र जोनाथन मेर्लो १ रनमा आउट भए । सन्दीपले शन मार्श र उनमुक्त चन्द गरि दुई महत्वपूर्ण विकेट लिए । सन्दीपले १५ औं ओभरको पाँचौं बलमा मार्शलाइ गुगली बलमा मिडविकेटमा टिम डेविडबाट क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाएका थिए । डेब्यू खेल खेलेका चन्दलाई १८ औं ओभरको चौथो बलमा कावेल ज्वेलबाट ६ रनमा क्याच गराए ।

होबार्टका थोमस रेजर्सले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको होबार्टले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । टिम डेविडले २० बलमा २ चौका र ४ छक्कासहित ४६ रनमा अविजित रहे ।

कप्तान म्याथ्यु वेड ३९ बलमा ४ चौका र १ छक्कासहित ४८ रनमा क्याच आउट भए । ज्वेल ३५ र डार्सी शर्ट ३७ रनमा आउट भए । मेलबर्नका जोश लालोर र क्यामरुन बायोसले २–२ विकेट लिए ।

जारी प्रतियोगितामा सन्दीपले १३ खेलमा १४ विकेट लिएका छन् । होबार्टले लिगको अन्तिम खेल बुधबार मेलबर्न स्टार्ससँग खेल्नेछ । होबार्ट १३ खेलमा ७ मा जित र ६ मा हार सहित पाँचौं स्थानमा छ । पर्थ स्कोचर्स १४ खेलमा ११ मा जित र ३ मा हारका साथ शीर्षस्थानमा अन्त्य गरि सकेको छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.