default_image

4 years ago

January 18, 2022

राहुलले लखनऊको कप्तानी गर्ने

185 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर लोकेश राहुलले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा फ्रेन्चाइज टोली लखनऊको कप्तानी गर्ने भएका छन् । लखनऊले मेगा अक्सन अघि राहुलसँगै अष्ट्रेलिया स्टार अलराउन्डर मार्कस स्टोइनिस र भारतीय लेगस्पिनर रवि विश्रोई टोलीमा रहने भएका छन् ।


लखनऊले राहुललाई १५ करोड भारुमा अनुबन्ध गरेको इएसपिनक्रिकइन्फोले जनाएको छ । त्यस्तै स्टोइनिसलाई ११ करोड भारु र विश्रोईलाई ४ करोड भारुमा अनुबन्ध गरेको छ । पन्जाब किंग्सले राहुललाई टोलीबाट फुकुवा गरेको थियो । राहुल २०१८ यता आइपिएल र भारतीय क्रिकेट दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

राहुलले नै बुधबारबाट सुरु हुने दक्षिण अफ्रिकासँग हुने तीन ओडिआई सिरिजमा भारतको कप्तानी गर्दै छन् । पन्जाब किंग्सको पछिल्ला दुई सिजन राहुलले नेतृत्व गरेका थिए । राहुलले २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरबाट आफ्नो आइपिएल करिअर सुरु गरेका थिए ।

२०१४ मा भने राहुल सनराइजर्स हैदराबाद पुगेका थिए । तर २०१६ मा पुन बेंगलोर फर्किएका थिए । राहुलले २०१८ को अक्सनमा पन्जाबले ११ करोड भारुमा अनुबन्ध गरेको थियो ।

राहुल पन्जाब गएपछि २०१८ मा ६ सय ५९, २०१९ मा ५ सय ९३, २०२० मा ६ सय ७० रन र २०२१ मा ६ सय २६ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । २०२० मा राहुल सर्वाधिक रनका साथ ओरेन्ज क्याप जितेका थिए ।

अष्ट्रेलिया स्टार अलराउन्डर स्टोइनिसले २०१५ मा दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) मा थिए । २०२० मा स्टोइनिस दिल्लीबाटै आइपिएलमा फर्किएका थिए । दिल्लीले स्टोइनिसलाई ४ करोड ८० लाखमा अनुबन्ध गरेको थियो । दिल्लीलाई २०२० मा पहिलो पटक फाइनलमा पुर्याउन स्टोइनिसले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए ।

२०२१ को टि२० विश्वकप अष्ट्रेलियालाई जिताउन सेमिफाइनलमा स्टोइनिसले पाकिस्तानविरुद्ध विजयी इनिङ खेलेका थिए । विश्रोई २०२० को यु१९ विश्वकपका सर्वाधिक विकेट लिने बलर हुन् । पन्जाबले त्यसै वर्ष विश्रोईलाई २ करोड भारुपमा अनुबन्ध गरेको थियो । पन्जाबबाट दुई सिजन खेल्दै विश्रोइले २३ खेलमा २४ विकेट लिई सकेका छन् ।

अर्को नयाँ टोली अहमदाबादले हार्दिक पान्ड्या, राशिद खान र शुभमन गिललाई टोलीमा अनुबन्ध गरेको छ । यो सिजनदेखि आइपिएलमा १० टोली छन् । अक्सन फेब्रुअरी १२ र १३ मा हुने भनिएको छ । तर आइपिएलले आधिकारिक रुपमा घोषणा गरेको छैन ।

यो पनि पढ्नुहोस् : आइपिएल : हार्दिक र राशिद अहमदाबादमा अनुबन्धित

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.