default_image

4 years ago

January 23, 2022

रिजवानले जिते आइसिसी टि२० क्रिकेटर अफ दी इयर अवार्ड

169 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका विकेटकिपर तथा ओपनर ब्याटर मोहम्मद रिजवानले आइसिसी टि२० आई क्रिकेटर अफ द इयर२०२१ को उपाधि जितेका छन् । २०२१ मा जादुमयी प्रदर्शन गरेका रिजवानले इंग्ल्यान्डका विकेटकिपर जस बटलर, श्रीलंका वानिन्दु हसरंगा र अष्ट्रेलिया मिचेल मार्शलाई पछि पार्दै उक्त अवार्ड जित्न सफल भएका हुन् ।

२०२१ मा रिजवनाले २९ टि२० आई खेलमा १३ सय २६ रन बनाउनएका थिए । रिजवान २०२१ को टि२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वकप इतिहासमा पाकिस्तानले पहिलो पटक टि२० विश्वकपमा भारतलाई १० विकेटले हराउँदै नयाँ इतिहास रचेको थियो । उक्त खेलमा रिजवानले ५५ बलमा ६ चौका र ३ छक्कासहित ७९रनको अविजित इनिङ खेलेका थिए ।

टि२० विश्वकपमा रिजवानले ६ खेलमा ३ अर्धशतकसहित २ सय ८१ रन जोडेका थिए । रिजवानले यो वर्ष १ शतक र १२ अर्धशतक सहित उक्त रन बनाएका थिए । यसअघि टि२० आईमा कुनैपनि ब्याटरले एकै वर्षमा १ हजार रन बनाउन सकेका थिएनन् ।

त्यस्तै आइसिसी एसोसियट क्रिकेटर अफ दी इयर २०२१ को उपाधि ओमानका कप्तान जिशान मकसुदले जितेका छन् । मकसुदले १३ अन्तर्राष्ट्रिय खेलमा ३ सय १६ रन बनाउनुको साथै २१ विकेट लिँदै उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए ।

रिजवान बारे थप जानकारीको लागि यो पढ्नुहोस् : रिजवान : आइसियुबाट उठेर मैदानमा प्रदर्शन

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

December 21, 2025

केपिएल फागुनमा, ७ टोलीका मालिक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो कोशी प्राइड लिग (केपिएल) फागुनमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आज दरबारमार्गस्थित होटल रोयल सिंगीमा पत्रकार सम्मेलन गर्दै केपिएल फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा हुने जानकारी दिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको केपिएलमा कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग रहने बताइएको छ । केपिएलका […]

Success

Thank you for your time.