default_image

4 years ago

November 13, 2021

रिजवान : आइसियुबाट उठेर मैदानमा प्रदर्शन

251 views

0 Bookmark

खेलाडी देशको लागि आफ्नो ज्यान दाउ लगाउन पछि पर्दैनन् । देशको लागि योगदान दिन हर समय तयार हुन्छन् । देशको खुसीनै खेलाडीको खुसी हो । त्यस्तै महान् साहस र हिम्मत पाकिस्तानका ओपनर मोहम्मद रिजवानले आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध बिहीबार देखाएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि खेलअघि दुई रात उनी अस्पतालको सघन हेरचाह कक्ष (आइसियु) मा रहेका थिए । निकै कमजोर अवस्थामा रहेर उपचार गराएका रिजवानले अष्ट्रेलियाविरुद्ध सानदार प्रदर्शन गर्दै एक असल योद्धा र साहसिक खेलाडीको उदाहरण प्रस्तुत गरे । पाकिस्तान ५ विकेटले पराजित हुँदै बाहिरिएपनि उनको साहस र टिमलाई दिएको योगदानको चर्चा विश्व क्रिकेटमा चुलिँदो छ ।

पाकिस्तानले बिहीबार अष्ट्रेलियासँग सेमिफाइनल खेल खेल्दै थियो । प्रमुख ब्याटर मोहम्मद रिजवान र शाएब मलिक फिट नहुँदा खेल्ने वा नखेल्ने निश्चित थिएन । रिजवान मंगलबारदेखि दुई रातसम्म आइसियुमा उपचार गराएका थिए । आइसियुमा उपचार भएको दुई दिनपछि रिजवान मैदान उत्रन तयार भए । टिम भित्र उनको प्रदर्शनमा कमी आउने हो की भन्ने डर त्यतिनै थियो ।

डाक्टरले उनलाई विश्राम गर्न सुझाव पनि दिए, तर रिजवानले मानेनन् । बाबर आजमसँग ओपनिङ उत्रदै सानदार प्रदर्शनका साथ आफू विरामी भएको कुनै संकेत दिएनन् । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । अष्ट्रेलियाको मिचेल स्टार्क, प्याट कमिन्स, जोश हेजलवुड जस्ता विश्वस्तरिय उत्कृष्ट तीव्र गतिको बलिङ आक्रामण सामु रिजवानले ५२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको इनिङ खेलेका थिए । जसक्रममा मिचेल स्टार्कको बाउन्सर बलले उनको टाउँको पनि लागेको थियो । तर पनि रिजवान अत्तिएनन् । आफ्नो शैलीको खेल खेल्दै अष्ट्रेलियालाई दबाबमा राखे ।

आइसियुबाट मैदान फर्किएका रिजवानले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै टोलीलाई बलियो योगफलमा पुर्याए । एकै वर्षमा टि२० आईमा १ हजार रन बनाउने पहिलो खेलाडीको दुर्लभ कीर्तिमान पनि रचे । मैदानभित्र सानदार प्रदर्शन गर्दा बाहिर उनले आइसियुमा भोग्नु परेको दुई दिन निकै पिडादायी थियो । पाकिस्तानको टिमले आइसियुमा रहेर उपचार भएको कुरा बाहिर सार्वजनिक गरेन । नकरात्मक सन्देशबाट बच्न गुपगुच राखेको थियो । त्यो उत्तम निर्णय सावित पनि भयो ।

पाकिस्तान पराजित भएपछि रिजवान आइसियुमा उपचार गराएको तस्विर बाहिरिएको थियो । रिजवानको छातीमा गम्भीर संक्रमणपछि दुई रात उपचार गर्नु परेको थियो । पाकिस्तानले समूह चरणको अन्तिम खेल स्कटल्यान्डविरुद्ध आइतबार खेलेको थियो । त्यसपछि मंगलबार उनको छातीमा समस्या देखिएपछि उपचार गराएका थिए । तर दुई दिनमै रिजवान फिट हुनुलाई पाकिस्तान क्रिकेट टोलीका चिकित्सक नाजिबुउल्लाह सुमरोले अविस्वसनिय र जादुमय मान्छन् । देशप्रतिको माया र साहस नभएको भए सायद ठिक हुन धेरै समय लाग्दथ्यो । दुई दिनमा फिट हुनुमा उनी आफैं आश्चर्यमा परेका छन् ।

‘हामीले वहाँको महान दृढता देख्न सक्छौं जसले देशको लागि प्रदर्शन गर्ने भावना देखाउँछ । आज वहाँको प्रदर्शन पनि देख्न सक्छौं’, सुमरोले भने ।

‘रिजवान एक योद्धा हुन् । उनले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनको साहसलाई मान्नुपर्छ’, पाकिस्तानका ब्याटिङ प्रशिक्षक म्याथ्यु हेडनले खेलपछि भनेका थिए ।

पाकिस्तानका क्रिकेट कप्तान बाबर आजमले उनको प्रदर्शन असाधरण बताउँछन् । ‘रिजवानले जसरी आजको खेल खेले त्यो पक्कैपनि असाधरण थियो । मैले खेलअघि उनको स्वास्थ्य बारे सोधेको थिएँ । उनले खेल्छु भनेका थिए’, बाबरले भने ।

ओपनिङ गएका रिजवान १७.२ ओभर सम्म क्रिजमा बिताएका थिए । ८७ मिनेट मैदानमै बिताऐ । त्यतिमात्र होईन विकेटकिपरको रुपमा ९० मिनेट पुरै मैदानमै बिताए । ओपनिङसँगै विकेटकिपिङ आफैंमा एक चुनौती भूमिका हो । त्यसको उनको फिटनेशलाई प्रष्टाउँछ । देशको मायाको अगाडि उनलाई यो केहि पनि अनुभव भएन । सम्पूर्ण कुरा त्याग गरेर मैदान आएका रिजवानले आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गरे । तर टिमको हारले भने उनलाई निराश बनायो । यसका बाबजुद उनको साहस र आँटलाई भने सम्मान गर्नुपर्छ ।

पछिल्लो समय रिजवानले टि२० आई क्रिकेटमा जादुमय प्रदर्शन गरे । अद्भुत रुपमा उनको ब्याटबाट रन निस्केको छ । सुपर १२ को समूह २ मा पाकिस्तानलाई अपराजित रहँदै सेमिफाइनलमा पुर्याउन रिजवान र बाबर आजमले सानदार प्रदर्शन गरे । जसक्रममा पहिलो खेलमै भारतलाई १० विकेटले पराजित गरेको थियो । विश्वकप इतिहासमा पाकिस्तानले भारतलाई पहिलो पटक हराउँदै नयाँ इतिहास कोरेको थियो । भारतले प्रस्तुत गरेको १ सय ५२ रनको विजयी लक्ष्य पाकिस्तानले १७.५ ओभरमा पूरा गरेको थियो ।

रिजवान ५५ खेलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे । विश्वस्तरिय भारतीय बलिङ आक्रामण सामु रिजवानले परिपक्क, जिम्मेवारी र उत्कृष्ट ब्याटिङ पस्किएका थिए । न्युजिल्यान्डसँग रिजवान ३३ र अफगानिस्तानविरुद्ध ८ रनमा आउट भएका थिए । एसोसियट टोली नामिबियालाई ४५ रनले हराउन रिजवान प्लेयर अफ द म्याच चुनिए । रिजवानले ५० बलमा ८ चौका र ४ छक्का सहित ७९ रनको अविजित इनिङ खेल्दै जितको आधार तय गरेका थिए ।

रिजवानको पछिल्लो एक वर्षको प्रदर्शन लोभाग्दो छ । रिजवानले यस वर्षमात्र २० टि२० आई इनिङमा १० अर्धशतक र १ शतक सहित १ हजार ३३ रन बनाएका छन् । टि२० आई इतिहासमा एकै वर्ष भनेको सर्वाधिक रन हो । रिजवानले ३९ टि२० आई इनिङमा १ शतक र १६ अर्धशतक सहित १ हजार ७ सय ४३ रन बनाएका छन् । जुन टि२० क्रिकेट इतिहासकै एक वर्षमा बनेको सर्वाधिक रन हो । बाबर र रिजवानको ओपनिङ जोडीनै मज्जाले जमेको छ । विपक्षीलाई निराश बनाउँदै आएका छन् । बाबर र रिजवानले २१ टि२० आई इनिङमा ५ पटक शतकीय र ४ पटक अर्धशतकीय साझेदारी गर्दै १ हजार २ सय ४० रन बनाएका छन् । औसत ६२ रन छ ।

रिजवानले टि२० आईमा २०१५ मा बंगलादेशविरुद्ध अप्रिलमा डेब्यू गरेका थिए । रिजवानले २०१५ मा ८ र २०१६ मा २ खेलमा मौका पाए । सुरुवाती प्रदर्शन राम्रो थिएन । २०१७ देखि कप्तान शरफराज अहमदले उच्च प्रदर्शन गरेपछि रिजवान टोलीमा पर्न सकेनन् । त्यसैले २०१६ पछि उनले २०१९ मा मौका पाएका थिए । रिजवान सुरुमा तल्लोक्रममा ब्याटिङ गर्दथे । त्यसैले धेरै समय खेल्ने मौका पाउने थिएनन् ।

पाकिस्तानले पछिल्लो समय ओपनरमा लगातार परिवर्तन गर्यो । तर खोजेको जस्तो जोडी पाउन सकेन । बाबरले २०२० डिसेम्बरमा न्युजिल्यान्डसँगको तीन टि२० आई सिरिजमा रिजवानलाई ओपनरको रुपमा प्रयोग गरेका थिए । तेस्रो खेलमा रिजवानले ८९ रनको इनिङ खेल्दै पाकिस्तानलाई ४ विकेटको जित दिलाएका थिए । रिजवानको परिपक्वता र जिम्मेवारीलाई देखेर बाबरले लगत्तै घरेलु मैदानमा सँगै ओपनिङ गर्ने निर्णय लिए । बाबर सुरुवात देखिनै ओपनिङ गर्दै विश्व क्रिकेटमा राज गर्दै आएका थिए ।

त्यसपछि यी दुई जोडीले पाकिस्तानका लागि निर्णायक बन्दै आएका छन् । दुवैको ब्याटबाट लगातार रन निस्केको छ । मैदानमा साझेदारी मज्जाले जमेको छ । रिजवान नचल्दा बाबर चलेका छन् । बाबर नचल्दा रिजवान ।

पछिल्लो समय दुवै खेलाडीसँगै एउटै रफ्तारमा रन बनाउँदै आएका छन् । रिजवानले दक्षिण अफ्रिकासँग पहिलो खेलमै ६४ बलमा ६ चौका र ७ छक्का सहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेल्दै ३ रनको जित दिलाएका थिए । ओपनिङ गर्नुअघि रिजवानले २३ टि२० आई खेल खेल्दा उत्कृष्ट प्रदर्शन ३३ रन थियो । जसमा ८ पटक ब्याटिङ गर्ने अवसरनै पाएका थिएनन् ।

त्यसपछि बाबर र रिजवान दुवैले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । २०१५ देखि २०२० सम्म १ मात्र अर्धशतक प्रहार गरेका थिए । यस वर्ष १ शतक र १० अर्धशतक प्रहार गरि सकेका छन् । जसमा ८ पटक अविजित छन् । साच्चै उनको प्रदर्शन जादुमय रुपमा रन निस्केको छ । अधिकांश स्टार खेलाडी सामाजिक सञ्जाल फेसबुक व्यस्त हुन्छन् । तर उनी आफ्नो प्रदर्शनमा केन्द्रित रहँदै आएका छन् ।

सुरुवातमा धेरैले रिजवानलाई टि२० खेलाडीनै नभएको भन्ने गर्दथे । रिजवानले छक्का प्रहार गर्न सक्छ भनेर मजाक उडाउने पनि थिए । पाकिस्तान सुपर लिगमा केहि वर्षअघि उनलाई फ्रेन्चाइज टोलीले खासै अवसर पनि दिदैन थिए । तिनीहरुलाई अहिले राम्रो जवाफ दिँदै आएका छन् । २०१६ पछि विकेटकिपर तथा कप्तान शरफराज अहमदले उत्कृष्ट प्रदर्शन गरेपछि उनी पाकिस्तानको रोजाईमा परेनन् ।

तर २०१९ मा शरफराजको खराब प्रदर्शनपछि पाकिस्तानले रिजवानलाई प्रयोग गरेको थियो । घरेलु क्रिकेटमा सानदार प्रदर्शनका साथ पाकिस्तानको टोलीमा पूनरागमन गरेका थिए । कडा मिहिनेतले रिजवानले पाएको अवसरलाई सदुपयोग गर्दै एकपछि अर्को उत्कृष्ट प्रदर्शन गरे । अहिले रिजवान पाकिस्तानका प्रमुख ब्याटर बनेका छन् । उनलाई पाकिस्तानको रन मेसिन भन्न थालिएको छ ।

जिम्मेवारी रिजवानको सबैभन्दा ठूलो खुबी हो । क्लास र हिटिङ क्षमता पनि त्यतिनै राम्रो छ । रिजवानले अहिले जसरी प्रदर्शन गरि रहेका छन्, त्यसले महान् क्रिकेटरको संकेत देखाउँछ । उनी टिम म्यान् हो । टिमलाई जे आवश्यक पर्छ त्यस्तै खेल्ने गर्दछन् । आफ्नो विकेट हतपत गुमाउँदैनन् । उनको उत्कृष्ट प्रदर्शनले पाकिस्तानलाई विश्व क्रिकेटमा थप नयाँ उचाईमा पुर्याउने छ । युवा पुस्ताले रिजवानको जिम्मेवारी प्रेरणा राम्रो लिन सक्छन् ।

एजेन्सीको सहयोगमा भुपेन्द्र जिसीको प्रस्तुति

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.