default_image

2 years ago

February 17, 2022

नेपाललाई निराश बनाउन सक्ने ओमानका ५ हतियार

95 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा शुक्रबार घरेलु टोली ओमानसँग खेल्दैछ । नेपाल र ओमानबीचको खेल महध्यान्न ११:४५ मा अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । समूह बी मा रहेका ओमान र नेपाल पहिलो खेलमा जितका साथ सेमिफाइनल यात्रा सहज बनाउन खोज्नेछन् ।

समूह बी मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स छन् । त्यसैले गर्दा ओमान र नेपालबीचको नतिजाले सेमिफाइनल यात्रा तय गर्न सक्छ । समूह ए मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नीछन् । शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउन छन् । फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउने छन् । ओमान र नेपालबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

घरेलु टोली ओमानलाई नेपालले चार देश सम्मिलित टि२० आई सिरिजमा ६ विकेटले पराजित गरेको थियो । नेपालको पूर्ण टोली थिएन । ओमानले आफ्नो उत्कृष्ट ११ खेलाएको थियो । त्यसैले नेपालको मनोबल उच्च छ । तर ओमान त्यसहारबाट सिक्दै घरेलु मैदानमा सानदार विजयी सुरुवात गर्न चाहन्छ ।

भारतीय र पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता भएको ओमानको भने कुनै भर हुँदैन । नेपाली क्रिकेट टोली सचेत हुँदै आफ्नो उत्कृष्ट क्रिकेट खेल्न आवश्यक देखिन्छ । ओमानमा केहि यस्ता खेलाडी छन् जो चलेमा एक्लै टोलीको जित सहज बनाउन सक्छन् । नेपाललाई निराश बनाउन सक्ने ओमानका प्रमुख पाँच हतियार यस प्रकार छन् ।

५.शोएब खान

२९ वर्षिय शीर्षक्रमका ब्याटर शोएब खान ओमानका शीर्षक्रमका आक्रामक ब्याटर हुन् । चार देशसम्मिलित टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेपालसँग नै उनले टि२० आईमा डेब्यू गरेका थिए । शोहिब सन्दीप लामिछानेको बलमा विकेटकिपर आसिफ शेखबाट ११ रनमा क्याच भए । तर दोस्रो खेलमा उनले टेस्ट टोली आयरल्यान्ड्सविरुद्ध ३८ बलमा ९ चौकासहित ५७ रनको इनिङ खेलेका थिए ।

नेपाल र आयरल्यान्ड दुबैलाई हराएको युएईलाई ओमानले ७ विकेटले हराउँदा उनले २१ बलमा ४ चौका र १ छक्कासहित ३४ रनको योगदान दिएका थिए । गत असोजमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओडिआई खेलमा पनि उनले नेपालविरुद्धनै डेब्यू गरेका थिए । उक्त खेलमा उनी ७ रनमा आउट भएका थिए ।

अघिल्लो महिना युएईसँग उनले ६८ रनको इनिङ खेलेका थिए । सुरुवातमा उनी आक्रामक ब्याटिङका साथ विपक्षीलाई दबाबमा राख्न खोज्ने गर्दछन् ।

४. बिलाल खान

बायाँ हाते तीव्र गतिका बलर बिलाल खान ओमानका प्रमुख तीव्र गतिका बलर हुन् । उनको बलिङ प्रदर्शनले धेरै प्रभाव पार्दै आएको छ । पाकिस्तानी मुलका ३३ वर्षिय अनुवभी खानले पावरप्लेमा उत्कृष्ट बलिङका साथ शीर्षक्रम धरासय बनाउन सक्छन् ।

नेपालको टोलीमा बायाँ हाते ब्याटर नहुँदा उनी झन् हाबी हुनसक्छन् । पाकिस्तानमा बाल्यकाल क्रिकेट खेलेर हुर्केका खानले ओमानबाट ४१ टि२० आई खेलमा ५७ विकेट लिएका छन् । सुरुवातमा उनी नेपाललाई घातक बन्नसक्छन् ।

३. जिशान मकसुद

ओमानका कप्तान जिशान मकसुद टोलीका प्रमुख हतियार हुन् । उनले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आइसिसी एसोसिएट प्लेयर अफ द इयरको अवार्ड जितेका महसुदले नेपालसँग टोलीका लागि ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाएका थिए । पाकिस्तानी मुलका मकसुद ओमानका मध्यक्रमका भरपर्दा ब्याटर हुन् ।

लेगस्पिन बलिङ गर्ने गर्दछन् । उनले दुई वर्षअघि ओडिआई खेलमा नेपालविरुद्ध टियुमा ६८ रनको अविजित इनिङ खेलेका थिए । अमेरिकासँग शतकीय इनिङ खेलेका थिए । मकसुदले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले ३६ टि२० आई खेलमा ६ सय ४३ रन बनाउनुको साथै २३ विकेट लिएका छन् । उनी चलेको खण्डमा नेपालको जित कठिन बन्न सक्छ । प्रदर्शन मात्र नभएर कप्तानी उनको कप्तानीले पनि प्रभाव पार्नेछ ।

२.जतिन्दर सिंह

ओपनर जतिन्दर सिंह ओमानका प्रमुख ब्याटर हुन् । उनको प्रदर्शनमा ओमानको योगफल धेरै निर्भर रहनेछ । नेपालले ओमानलाई ६ विकेटले हराउँदा आरिफ शेखले १३ रनमा जतिन्दरको विकेट दिलाएका थिए । जतिन्दर उच्च लयमा छन् । ओमानको ब्याटिङ बढी शीर्षक्रममा निर्भर छ ।

जतिन्दरको कमजोर प्रदर्शनमा ओमानलाई जित निकाल्न कठिन पर्छ । ओमानका सर्वाधिक टि२० सफल ब्याटर जतिन्दरले गत असोजमा ओडिआई खेलमा नेपालविरुद्ध विष्फोटक ब्याटिङका साथ शतकीय इनिङ खेलेका थिए । एक साताअघि युएईसँग ओडिआई खेलमा जतिन्दरले १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए ।

भारतीय मुलका जतिन्दरले ३४ टि२० खेलमा ४ अर्धशतक सहित ८ सय ४७ रन बनाएका छन् । उनी क्रिजमा टिकेको खण्डमा विष्फोटक ब्याटिङका साथ अन्य ब्याटरलाई पनि सहज बनाउँछन् । त्यसैले उनको विकेट नेपालको लागि घातक बन्न सक्छन् ।

१. आमिर कलिम

स्पिन अलराउन्डर आमिर कलिम नेपाललाई घातक बन्न सक्ने ओमानका हतियार हुन् । २०१९ मा पाँच देश सम्मिलित टि२० आई सिरिजमा नेपाललाई ६४ रनमा अल आउट गर्न उनले ५ विकेट लिएका थिए । चार देश सम्मिलित टि२० आई सिरिजमा युएईलाई हराउन उनले ५ विकेट लिएका थिए । विष्फोटक सुरुवात गरेको युएई कलिमको स्पिनजादुमा घुमेको थियो ।

नेपालसँगको खेलमा उनलाई विश्राम दिएको थियो । तर युएईसँग उनले पाँच विकेट लिँदै लयमा रहेको संकेत दिएका छन् । पाकिस्तानी मुलका आमिरले दबाबमा उत्कृष्ट प्रदर्शनका साथ टोलीलाई पूनरागमन गराउन सक्छन् । ४० वर्षिय उनमा अनुभव पनि राम्रो छ । उनले मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

आमिरले २०१२ देखि ओमानको टोलीबाट खेल्दै आएका छन् । २९ टि२० आई खेलमा ३ सय ४७ रन बनाउनुको साथै ३० विकेट लिएका छन् । बलिङसँगै ब्याटिङमा पनि योगदान दिन सक्ने हुँदा नेपाललाई घातक बन्न सक्ने खेलाडी हुन् ।

यो पनि :

विश्वकप छनोटअघि नेपाली टोलीमा देखिएका पाँच समस्या

विश्वकप छनोटअघि नेपाली टोलीका पाँच सकरात्मक पक्ष

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.