default_image

2 years ago

February 17, 2022

विश्वकप छनोटअघि नेपाली टोलीमा देखिएका पाँच समस्या

71 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा शुक्रबार घरेलु टोली ओमानसँग खेल्दैछ । त्यसअघि नेपालले चार देश सम्मिलित टि२० आई खेल खेल्दै आफ्नो स्तर परिक्षण गरेको छ । विश्वकप छनोटका प्रमुख दाबेदार ओमान, आयरल्यान्ड र युएईसँग टि२० आई खेल्दै नेपालले राम्रो तयारी गरेको छ ।

नेपालले ओमानलाई ६ विकेटले हराउँदा युएईसँग २५ र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो । आफू भन्दा बलिया टोलीसँगको तयारीले नेपाललाई कमजोरी सुधार गर्ने थुप्रै ठाउँहरु देखिएका छन् । नेपाली टोली ओमान जानुअघि ब्याटिङ बलियो र बलिङ कमजोर मानिएको थियो । तर मैदानमा अपेक्षा भन्दा फरक नतिजा आएको छ । चार देश सम्मिलित टि२० आई सिरिजपछि नेपाली टोलीमा देखिएका पाँच समस्या यस प्रकार छन् ।

५. अन्तिम समयमा करण बाहिरीनु

तीव्र गतिका बलिङ अलराउन्डर करण केसी ग्लोबल छनोटको अन्तिम समयमा बाहिरिएका छन् । ब्याक इन्जुरीको कारण खेल्न नसक्ने भएपछि उनको स्थानमा नेपालले गुलशन झालाई ओमान पठाएको छ । टि२० आई सिरिजमा करण तीनै खेलमा बेन्चमा थिए । तर अन्तिममा उनले खेल्न नसक्ने पक्का भयो ।

करण तीव्र गतिसँगै अन्त्यमा ठूला सट खेल्न सक्ने क्षमता भएका हुन् । करणको अभाव महसुस हुन नदिने टोलीमा अन्य त्यो स्तरका खेलाडी छैनन् । करण नहुँदा नेपालको ब्याटिङ र फिनिसिङ दुबै केहि कमजोर बनेको छ । करण एकै ओभरमा खेललाई मोड्न सक्ने क्षमता भएका खेलाडी हुन् । तर उनी नै टोलीमा छैनन् । विश्वकप छनोटमा नेपाललाई यो एउटा ठूलो झड्का हो ।

४. डट बल निरन्तर, आक्रामक ब्याटिङको कमी

टि२० शैलीमा आक्रामक ब्याटिङ खेल्न नसक्नु समस्या रुपमा रहँदै आएको छ । अत्याधिक डट बलको सामना अनि त्यो दबाबमा खराब सट छनोटका साथ विकेट फाल्नु अर्को समस्या हो । उक्त समस्या टि२० आई सिरिजमा पनि देखिएको थियो ।

आयरल्यान्डले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाल १६ रनले पराजित हुनुको मुख्य कारणनै अत्याधिक डट बल थियो । नेपालले १ सय २० मध्य ५७ बलमा कुनै रन जोडेको थिएन । पहिलो पावर प्लेको तेस्रो ओभर मेडन ओभर खाएको थियो । टि२० क्रिकेटमा बाउन्ड्रीसँगै डबल सिंगलमा बढी ध्यान दिनुपर्ने हुन्छ । यस समस्या छनोटमा देखिएमा विश्वकप यात्रा कठिन बन्न सक्छ ।

३.कमजोर फिल्डिङ

कमजोर फिल्डिङ र फिटनेश नेपाली क्रिकेट टोलीको अर्को समस्याको रुपमा देखिएको छ । नेपालले युएईसँग हार्नुको मुख्य कारणनै कमजोर फिल्डिङ थियो । ओमान, आयरल्यान्ड र युएईसँग तीनै खेलमा नेपाली खेलाडीमा फिटनेश र फिल्डिङ कमजोर देखिन्छ ।

युएईका ओपनर चिराग सुरीले दुई जीवनदानको सदुपयोग गर्दै प्लेयर अफ द म्याच प्रदर्शन गरेका थिए । महत्वपूर्ण खेलमा प्रमुख खेलाडीको क्याच ड्रप, रन आउट मिस जस्ता सानो गल्तीले पनि हार बेहोर्दै विश्वकप सपना सकिन सक्छ । जुन कमजोरी विश्वकप छनोटमा देखिनु हुँदैन ।

२. स्पिनरमा सन्दीपले साथ नपाउनु

स्पिनर सन्दीप लामिछानेले अर्को प्रमुख स्पिनरबाट साथ पाउन सकेका छैनन् । पहिलो खेलमा ओमानसँग स्पिनर सागर ढकाललाई नेपालले डेब्यू दिएको थियो । उनले ३ ओभरमा ३६ रन खर्चेका थिए । दोस्रो खेलमा उनलाई बेन्चमा राखेर साहब आलमलाई मौका दिएको थियो । साहबले २ ओभरमा ३५ रन खर्चेका थिए । साहब अन्तिम टोलीबाट बाहिरिएका छन् । सागर सन्दीपको जोडीको रुपमा हुनेछन् ।

जसको कारण सन्दीपले दोस्रो स्पिनरबाट साथ पाएका छैनन् । तेस्रो खेलमा पार्टटाइम स्पिनर दीपेन्द्रसिंह ऐरीले चार विकेट लिएका थिए । मध्यक्रममा स्पिनरको प्रदर्शन निकै महत्वपूर्ण हुन्छ । तर सन्दीपले भरपर्दो स्पिन जोडी पाउन सकेका छैनन् ।

१. कमजोर मध्यक्रम र तल्लोक्रम ब्याटिङ

विश्वकप छनोटमा नेपाली क्रिकेट टोलीलाई सबैभन्दा ठूलो समस्याको रुपमा मध्यक्रम र तल्लोक्रमका ब्याटरको कमजोर प्रदर्शन हो । ज्ञानेन्द्र मल्ल, शरद भेषावकर र आरिफ शेख चल्न नसक्नु नेपालको लागि ठूलो कमजोरी हो । आसिफ र कुशल भुर्तेलले राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि दीपेन्द्र बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

ओपनरको सुरुवातले मात्र जित सम्भव हुँदैन । त्यसको लागि तल्लोक्रम र मध्यक्रमका ब्याटरको प्रदर्शन त्यतिनै उत्कृष्ट हुनुपर्छ ।आयरल्यान्डसँग शीर्षक्रमका ओपनर आसिफ शेख (१५रन), कुश भुर्तेल (२३ रन) र लोकेश बम ( ६रन) गरि कुल ४४ रन बनाएका थिए । बाँकी ८ खेलाडीले ६१ रन बनाएका थिए । ६१ मध्य २८ रन दीपेन्द्रको मात्र थियो । ओमान र युएईसँग पनि मध्यक्रम र तल्लोक्रमको ब्याटरको प्रदर्शन कमजोर छ । जुन नेपाली क्रिकेट टोलीको मुख्य समस्या हो ।

यो पनि :

नेपाललाई निराश बनाउन सक्ने ओमानका ५ हतियार

विश्वकप छनोटअघि नेपाली टोलीका पाँच सकरात्मक पक्ष

May 11, 2024

गिल र सुदर्शनको शतकसहित गुजरातको जित

एजेन्सी – ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई‌ सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो । अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 6, 2024

नेपाल इङ्ल्यान्ड ‘सि’ सँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्ड ‘सि’ सँग पराजित भएको छ । इङ्ल्यान्ड नेसनल लिग टोली एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार भएको खेलमा नेपाल २-० ले पराजित भएको हो । नेपाल खेलको सुरुवाती समयका नै दुई गोलले पछि परेको थियो। इंग्लिस टोलीका लागि आठौं मिनेटमा निक काबाम्बाले […]

Success

Thank you for your time.