default_image

2 years ago

February 18, 2022

वेस्टइन्डिजमाथि भारतको रोमान्चक जित

एजेन्सी – भारतले दोस्रो टि२० आई खेलमा वेस्टइन्डिजमाथि रोमान्चक जित हात पार्दै तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ । शुक्रबार राती भारतले वेस्टइन्डिजलाई ८ रनले हराउँदै तीन टि२० आई खेलको सिरिज एक खेल अगावै जितेको हो । १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ […]

60 views

0 Bookmark

एजेन्सी – भारतले दोस्रो टि२० आई खेलमा वेस्टइन्डिजमाथि रोमान्चक जित हात पार्दै तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ । शुक्रबार राती भारतले वेस्टइन्डिजलाई ८ रनले हराउँदै तीन टि२० आई खेलको सिरिज एक खेल अगावै जितेको हो ।

१ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनायो । वेस्टइन्डिजलाई जितको लागि अन्तिम ६ बलमा २५ रन चाहिँएको थियो । हर्षल पटेलले १६ रन खर्चिदै टोलीको जित पक्का गराए । रोभम्यान पावेलले तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गरेपनि जितको लागि पर्याप्त हुन सकेन ।

वेस्टइन्डिजका रोभम्यान पावेलले ३६ बलमा ४ चौका र ५ छक्कासहित ६८ रनको अविजित इनिङ रहे । विकेटकिपर निकोलस पुरनले ४१ बलमा ५ चौका र ३ छक्कासहित ६२ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि पावेल र पुरनले ६० बलमा १ सय रनको शतकीय साझेदारी गरेपनि टोलीको हार टार्न सकेनन् ।

ब्रेन्डन किंग ३० बलमा २२ रन, काइल मेयर्स ९ रनमा आउट हुँदा काइरन पोलार्ड ३ रनमा अविजित रहे । भारतका भुवनेश्वर कुमार, युजभेन्द्र चहल र रवि विश्रोईले १–१ विकेट लिए ।

त्यसअघि कोलकातामा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । भारतका विकेटकिपर ऋषभ पन्त २८ बलमा ७ चौका र १ छक्कासहित ५२ रनमा अविजित रहे । वेंकटेश ऐरले १८ बलमा ४ चौका र १ छक्कासहित ३३ रन जोडे ।

पाँचौं विकेटका लागि ऐर र पन्तले ३५ बलमा ७६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । त्यसअघि अनुभवी ब्याटर विराट कोहलीले ४१ बलमा ७ चौका र १ छक्कासहित ५२ रन बनाउँदै आउट भए । दोस्रो विकेटका लागि रोहित शर्मा र विराट कोहलीले ४९ रनको साझदारी गरेका थिए । रोहित शर्मा १९ र सूर्य कुमार यादव ८ रनमा आउट भए ।

वेस्टइन्डिजका स्पिनर रोश्टन चेशले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । रोमारियो शेफर्ड र शेल्डन कटरेलले १–१ विकेट लिए । भारत पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टि२० आई खेल आइतबार हुनेछ ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.