default_image

2 years ago

February 19, 2022

विश्वकप छनोटमा शरदको स्थानमा कुशल मल्ल

मस्कट (हाम्रो खेलकुद) – अनुभवी ब्याटर शरद भेषावकर चोटका कारण ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए गुमाउने भएपछि युवा अलराउन्डर कुशल मल्लले उनको स्थान लिएका छन् । चोटका कारण अनुभवी ब्याटर शरद भेषावकर प्रतियोगिताबाट बाहिरिएपछि उनको स्थान कुशल मल्लले लिएका हुन् । कुशल फिलिपिन्ससँगको खेलमा प्लेइङ ११ मा समेत छन् । मस्कटमा रहेको ओमान […]

70 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – अनुभवी ब्याटर शरद भेषावकर चोटका कारण ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए गुमाउने भएपछि युवा अलराउन्डर कुशल मल्लले उनको स्थान लिएका छन् ।

चोटका कारण अनुभवी ब्याटर शरद भेषावकर प्रतियोगिताबाट बाहिरिएपछि उनको स्थान कुशल मल्लले लिएका हुन् । कुशल फिलिपिन्ससँगको खेलमा प्लेइङ ११ मा समेत छन् । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फिलिपिन्ससँग नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै छ । नेपालले ओमानसँगको खेलबाट विवेक यादव र कमलसिंह ऐरीलाई विश्राम दिएको छ । गुलशन झा र कुशल मल्ललाई आजको प्लेइङ ११ मा खेलाएको छ ।

कुशल यसअघि नेपालको अन्तिम १४ सदस्य घोषणा टोलीमा थिएनन् । ओमानसँग शुक्रबार शरदको स्थानमा बेन्चमा थिए । शरदको एंकलको चोटको कारण प्रतियोगिता गुमाउने भएपछि उनको स्थान कुशल मल्लले लिएका हुन् ।

गत वैशाखमा भएको त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनायो । नेपालले टि२० आईमा बनाएको सर्वाधिक ठूलो योगफल थियो । कुशलले २४ बलमा ५ छक्का र २ चौकासहित ५० रनको कीर्तिमानी अविजित इनिङ खेलेपछि सम्भव भएको थियो ।

दुई वर्षअघि अमेरिकासँग टियु मैदानमा ओडिआईमा डेब्यू खेलमा कुशलले अर्धशतक जोडेका थिए । कुशल ओडिआई र टि२० दुवैमा अर्धशतक बनाउने विश्वकै कान्छा खेलाडी हुन् । कुशल विष्फोटक ब्याटिङसँगै पार्टटाइमका राम्रा स्पिनर हुन् । उनी टोलीमा हुँदा बायाँ हाते खेलाडीको सन्तुलन पनि मिल्नेछ ।

कुशलले नेपालबाट ११ टि२० आई र ८ ओडिआई खेल खेलेका छन् । त्रिभुवन आर्मी क्लबबाट कुशलले घरेलु क्रिकेट खेल्ने गर्दछन् । २०२१ मा कुशल टिम आबूधाबीबाट टि १० विदेशी लिग समेत खेलेका थिए । यसअघि कुशल अन्तिम टोलीमा नहुँदा चर्को आलोचना भएको थियो । कुशलले २०१९ मा सिंगापुरमा भएको त्रिकोणात्मक सिरिजमा जिम्बावेविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.