default_image

2 years ago

February 19, 2022

आसिफको गोल्डेन डक

मस्कट (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर तथा विकेट क्रिकेटर आसिफ शेख ओमानमा जारी आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सविरुद्ध गोल्डेन डक आउट भएका छन् । मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङ थालेको नेपालले दुई ओभरमा १ विकेट गुमाउँदै १८ रन बनाएको छ ।ओपनर आसिफ शेखले आफूले […]

88 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर तथा विकेट क्रिकेटर आसिफ शेख ओमानमा जारी आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सविरुद्ध गोल्डेन डक आउट भएका छन् ।


मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङ थालेको नेपालले दुई ओभरमा १ विकेट गुमाउँदै १८ रन बनाएको छ ।
ओपनर आसिफ शेखले आफूले सामना गरेको पहिलो बलमै (गोल्डेन डक) भएका हुन् । तीव्र गतिका बलर ड्यानियल स्मिथले दोस्रो ओभरको पहिलो बलमै आसिफलाई एलबीडब्लू आउट गर्दै पेभेलिएन फर्काएका हुन् ।

त्यसअघि पहिलो ओभरमा अर्का ओपनर कुशल भुर्तेलले ६ बल खेल्दै २ चौकासहित ९ रन जोडेका थिए । क्रिजमा कुशल मल्ल र कुशल भुर्तेल समान ८ रनमा अविजित छन् ।

नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । कमल सिंह ऐरी र विवेक यादवलाई विश्राम दिदा कुशल मल्ल र गुलशन झालाई खेलाएको छ ।

फिलिपिन्सविरुद्ध नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, गुलशन झा, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान) ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.