4 years ago
March 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कामना सेवा विकास बैंकले पेवेल इन्डोर कर्पाेरेट लिग –२०२२ को उपाधि जितेको छ । माछापुच्छ्रे बैंकलाई १६ रनले पराजित गर्दै कामनाले उपाधि जितेको हो ।

१०५ रनको विजयी लक्ष्य पछ्याएको माछापुच्छ्रेले निर्धारित १० ओभरमा १ विकेट गुमाएर ८८ रनमात्र बनाउन सक्यो । माछापुच्छ्रेका निशेष केसीले ४० बलमा अविजित ५५ रन बनाएपनि टोलीको हार टार्न सकेन ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कामनाले निर्धारित १० ओभरमा १ विकेट गुमाएर १०४ रन जोड्यो । कामनाका लागि रिमेश रेग्मीले सर्वाधिक ४० रन तथा हेमन्त श्रीवास्तभले २८ रनको योगदान दिए । केशर रावलले १ विकेट लिए । कामनाका रिमेश रेग्मी नै म्यान अफ दि म्याच घोषित भए ।
कामनाका हेमन्त श्रीवास्तभ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । माछापुच्छ्रेका निशेष केसी उत्कृष्ट ब्याटर तथा निरज कार्की उत्कृष्ट बलर चुनिए । हिमालयन स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा भएको प्रतियोगितामा विभिन्न १२ कर्पाेरेट टोलीको सहभागिता रहेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]