default_image

2 years ago

March 19, 2022

युएईमाथि पपुवा न्युगिनीको सानदार जित

एजेन्सी – पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग-२ मा घरेलु टोली युएईमाथि ६ विकेटको सानदार जित हात पारेको छ । योसँगै पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग-२ मा पहिलो जित हात पार्न सफल भएको छ । यसअघि पपुवा न्युगिनीले खेलेका १४ खेलमा नै हार बेहोरेको थियो । १ सय ४८ रनको विजयी लक्ष्य पपुवा न्युगिनीले ३६.२ ओभरमा […]

97 views

0 Bookmark

एजेन्सी – पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग-२ मा घरेलु टोली युएईमाथि ६ विकेटको सानदार जित हात पारेको छ । योसँगै पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग-२ मा पहिलो जित हात पार्न सफल भएको छ । यसअघि पपुवा न्युगिनीले खेलेका १४ खेलमा नै हार बेहोरेको थियो ।

१ सय ४८ रनको विजयी लक्ष्य पपुवा न्युगिनीले ३६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पपुवा न्युगिनीको जितमा कप्तान असाद भाला ९७ बलमा ६ चौकासहित ६८ रनमा अविजित रहे । भालाले बासिल हामिदलाई लगातार दुई चौका प्रहार गर्दै जित पक्का गराए । तेस्रो विकेटका लागि चाल्स अमिनी र भालाले ७१ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

अमिनी ५४ बलमा २ चौकासहित ३६ रनमा आउट भए । ओपनर टोनी उरा र लेगा सियाका १०–१० रनमा आउट भए । युएईका कासिफ दाउद, अहमद राजा र रोहन मुस्तफाले १–१ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा १ सय ४७ रनमा अल आउट भएको थियो । युएईका अनुभवी अलराउन्डर रोहन मुस्तफाले १ सय ४४ बलमा ११ चौका र १ छक्का सहित सर्वाधिक ८८ रनको इनिङ खेले । एक समय युएई आफ्नो ओडिआई इतिहासकै सबैभन्दा कम योगफल बनाउने अवस्थामा पुगेको थियो ।

त्यो अवस्थाबाट मुस्तफाले जिम्मेवारी ब्याटिङका साथ युएईको साख जोगाएका हुन् । ३६.३ ओभरमा ७७–९ को दयनिय अवस्थामा पुगेको युएईलाई मुस्तफाले अन्तिम विकेटका जहुर खानसँग मिलेर ७० रनको साझेदारी गर्दै मध्यम योगफलमा पुर्याए । ७० मध्य २ रन मात्र जहुर खानले बनाएका थिए । जहुर खान १९ बलमा २ रनमा अविजित रहे । युएईका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बासिल हामिदले ५४ बलमा २० रन बनाए । एक समय १०.२ ओभरमा १६–५ को अवस्थामा पुगेको युएईलाई छैंटौं विकेटका लागि मुस्तफा र हामिदले ४२ रनको साझेदारी गरेका थिए । पपुवा न्युगिनीका तीव्र गतिका बलर एलाई नावोले युएईको शीर्षक्रम धरासय बनाएका थिए । उनले ओपनर चिराग सुरीलाई १ रनमा बोल्ड गर्दा मोहम्मद वासिमलाई लेगा सियाकाबाट ६ रनमा क्याच गराए ।

उनलेनै वृत्य अरविन्दलाई ६ र अलिशान शरिफुललाई शून्यमा आउट गर्दै संकटमा पुर्याए । त्यसपछि चाद सोपरले युएईको मध्यक्रम ध्वस्त बनाए । उनले सिपी रिजवानलाई १, अहमद राजालाई ६ र सुनैद सिद्दिकलाई शून्यमा आउट भए ।

पपुया न्युगिनीका एलाई नावोले १० ओभरमा १ मेडनसहित २७ रन खर्चेर ४ विकेट लिए । चाद सोपरले ८ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । राइली हेकुरेले २ विकेट लिए ।

पपुवा न्युगिनी पहिलो खेलमा युएईसँग ७ विकेट र दोस्रो खेलमा नेपालसँग २ विकेटले पराजित भएको थियो । पपुवा न्युगिनीले अव मंगलबार नेपालसँग खेल्नेछ । त्यसपछि दुई ओडिआई खेल खेल्न नेपालमै आउनेछ । नेपाल सोमबार युएईसँग खेल्नेछ । पहिलो खेलमा पपुवा न्युगिनीलाई हराउँदा दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भएको थियो ।

अंक तालिका

ओमान २७ खेलमा १७ मा जित र ८ मा हार सहित ३६ अंक जोड्दै शीर्षस्थानमा छ । युएई १७ खेलमा ९ मा जित र ६ मा हार सहित २० अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ । नामिबिया १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १५ खेलमा १४ खेलमा हार र १ मा जितका साथ पुछारमा छ ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.