3 years ago
March 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनीलाई १ सय ८४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८३ रन बनायो ।
नेपालका ओपनर आसिफ शेखले ३५ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए । अर्का ओपनर कुशल भुर्तेल ११ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । इनिङको पहिलो बलमै छक्का प्रहार गरेका कुशल दोस्रो बलमा रन आउटबाट बचेका थिए । तर तेस्रो ओभरको तेस्रो बलमा चाद सोपरबाट रन आउटकै सिकार बने ।
रोहितले ब्यक्तिगत २९ रनमा स्लिपमा क्याच ड्रप हुँदा जीवनदान पाए । दास्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गर्दै इनिङ उकासे । आसिफ तीव्र गतिका बलर एली नाओको बलमा एज लागेर विकेटकिपर शिमोन आतीबाट क्याच हुँदा दोस्रो अर्धशतक बनाउन ७ रनले चुके । त्यसपछि भने लगातार विकेट गुमाएको थियो ।
१३ औं ओभरको पहिलो बलमा रोहित चाद सोपरको बलमा विकेटकिपर बाटै ३४ रनमा आउट भए । २६ बलमा २ चौका र १ छक्का प्रहार गरे । १४ औं ओभरको पहिलो बलमा स्विच हिट सट खेलेका दीपेन्द्र असाद भालाबाट ४ रनमा क्याच भए ।
बायाँ हाते अलराउन्डर कुशल मल्ल ११ रनमा हाइली हेकुरेको बलमा बोल्ड भए । उनले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । करण ७ बलमा २ छक्कासहित १४ रनमा क्याच आउट भए । आरिफ शेखले २२ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भए ।
पपुवा न्युगिनीका एली नाओ, चाद सोपर र चाल्र्स अमिनीले २–२ विकेट लिए । नर्मन भानुआ, चाद सोपर र राइली हेकुरेले १–१ विकेट लिए ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा शनिवार सुरु हुने एसिसी यु १९ महिला एसिया कपका लागि नेपाली युवा टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बिहीवार पुजा महतोको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो । गत महिना यु १९ महिला विश्व कपमा नेपाललाई पहिलो पटक छनोट गराउँन सफल टोलीकी १ खेलाडी परिवर्तन हुँदा २ […]