default_image

2 years ago

March 30, 2022

नेपालको प्लेइङ–११ मा एक परिवर्तनको सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो १२स्३० बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो । पपुवा न्युगिनीसँगको खेलबाट नेपालले एक परिवर्तन गर्ने सम्भावना छ । पछिल्लो खेलमा कमजोर प्रदर्शन गरेको खेलाडी, कमजोरी सुधार गर्न वा […]

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो १२स्३० बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो । पपुवा न्युगिनीसँगको खेलबाट नेपालले एक परिवर्तन गर्ने सम्भावना छ । पछिल्लो खेलमा कमजोर प्रदर्शन गरेको खेलाडी, कमजोरी सुधार गर्न वा युवा खेलाडीलाई मौका दिन परिवर्तन गर्ने गरिन्छ । बलिङ आक्रामण केहि कमजोर हुँदा नेपालले आज त्यसतर्फ ध्यान दिनेछ ।

नेपालले तीव्र गतिका बलर अभिनाश बोहरा, करण केसी र सोमपाल कामीलाई खेलाउँदै आएको छ । पार्टटाइमको विकल्पमा आरिफ शेख छन् । तीव्र गतिको बलिङमा परिवर्तनको सम्भावना देखिदैन । किनभने सोमपाल र करण अलराउन्डर हुन् । अभिनाशले पछिल्लो खेलमा राम्रो प्रदर्शन गरेका थिए । नेपालले एक स्पिनर थप्ने सम्भावना छ । स्पिनरमा सन्दीप लामिछाने प्रमुख हतियार हुन् । दीपेन्द्रसिंह ऐरीले पार्टटाइममा साथ दिँदै आएका छन् । नेपालले आजको खेलमा स्पिनर सागर ढकाललाई मौका दिने सम्भावना छ ।

सागरलाई मौका दिन नेपालले एक खेलाडीलाई बेन्चमा राख्नुपर्ने हुन्छ । एक देखि चार नम्बर सम्मका ब्याटर आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको स्थान पक्काछ । नेपालले आरिफ शेख, कुशल मल्ल र लोकेश बम मध्य एकलाई बेन्चमा राख्नुपर्ने हुन्छ । आरिफले २२ बलमा ३ चौका र २ छक्कासहित तल्लोक्रममा ३१ रन जोडेका थिए । मध्यगतिका भरपर्दा पार्टटाइम बलर हुन् । उनी अनुभवी खेलाडी पनि हुन् । त्यसैले पहिलो रोजाईमा खेल्नेछन् ।

लोकेश र कुशल मध्य एक खेलाडी बेन्चमा बस्नेछन् । लोकेशको सम्भावना बढी देखिन्छ । लोकेश पछिल्लो खेलमा ५ रन र कुशल मल्ल ११ रनमा आउट भएका थिए । कुशल बायाँ हाते खेलाडी हुँदा उनी टोली सन्तुलनको लागि पनि बस्नेछन् । यी दुबै आक्रामक ब्याटर हुन् । तर कुशल पार्टटाइम स्पिनर पनि हुन् । तर लोकेश बलिङ भने गर्दैनन् । त्यसैले लोकेशलाई बेन्चमा राख्ने सम्भावना छ । लोकेशलाई बेन्चमा राख्दा ब्याटिङ सन्तुलनमा त्यति धेरै असर भने पर्दैन ।

तल्लोक्रममा पाँचौं नम्बरमा कुशल, छैटौंमा आरिफ, सातौंमा करण, आठौंमा सोमपाल र नवौंमा सन्दीप खेल्न सक्छन् । त्यसैले आज लोकेशलाई बेन्चमा राख्दै सागरलाई मौका दिने सम्भावना छ । बायाँ हाते खेलाडी हुँदा रणनीतिक हिसाबमा पनि सागर अघि रहन्छन् । टोलीमा अन्य परिवर्तनको भने सम्भावना देखिदैन । ब्याटिङ, विकेटकिपर र तीव्र गतिका बलिङ परिवर्तनको सम्भावना भने देखिदैन ।

नेपालको सम्भावित प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), करण केसी, अभिनाश बोहरा, सागर ढकाल , कुशल मल्ल र रोहित पौडेल ।

May 2, 2024

सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर बन्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल कामी नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका छन् । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी […]

May 2, 2024

बलियो टोली उतार्दै वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिज बराबर गर्ने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि२० सिरिजको चौथो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२:१५ बजे सुरु हुनेछ । नेपालले पहिलो खेल ४ विकेटले जितेपछि पाहुना टोलीले दोस्रो खेल १० रनले जित्दै सिरिज बराबर गरेको थियो । बुधबार भएको तेस्रो खेलमा जोन्सन चार्ल्सको […]

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

Success

Thank you for your time.