default_image

2 years ago

March 30, 2022

हेलीको सानदार शतकमा अष्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर एलिसा हेलीको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकप सेमिफाइनलमा वेस्टइन्डिजलाई ३ सय ६ रनको विशाल लक्ष्य दिएको छ । बेसिन रिजर्व वेलिंगटनमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ४५ ओभरमा ३ विकेट गुमाउँदै ३ सय ५ रन बनायो । अष्ट्रेलिया ओपनर तथा विकेटकिपर एलिसा हेलीले १ सय […]

48 views

0 Bookmark

एजेन्सी – ओपनर एलिसा हेलीको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले न्युजिल्यान्डमा जारी आइसिसी महिला एकदिवसिय विश्वकप सेमिफाइनलमा वेस्टइन्डिजलाई ३ सय ६ रनको विशाल लक्ष्य दिएको छ ।

बेसिन रिजर्व वेलिंगटनमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ४५ ओभरमा ३ विकेट गुमाउँदै ३ सय ५ रन बनायो । अष्ट्रेलिया ओपनर तथा विकेटकिपर एलिसा हेलीले १ सय ७ बलमा १७ चौका र १ छक्कासहित १ सय २९ रनको उत्कृष्ट शतकीय इनिङ खेलिन् ।

उनको यो ओडिआई करिअरको चौथो शतक हो । अर्की ओपनर राचेल हेन्स १ सय बलमा ९ चौका सहित ८५ रनमा आउट भइन् ।
पहिलो विकेटका लागि ओपनर हेली र हेन्सले २ सय १६ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । कप्तान मेग ल्यानिङ २६ र बेथ मुनी ४३ रनमा अविजित रहिन् ।

वेस्टइन्डिजकी चिनेल हेनरीले २ र शमिला कर्नवेलले १ विकेट लिइन् । अष्ट्रेलिया अपराजित यात्राका साथ शीर्ष र वेस्टइन्डिज चौथो स्थानमा रहेर सेमिफाइनल खेलेका हुन् । दोस्रो सेमिफाइनल खेलमा बिहीबार दक्षिण अफ्रिका र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । फाइनल अप्रिल ३ मा हुनेछ ।

May 2, 2024

सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर बन्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल कामी नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका छन् । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी […]

May 2, 2024

बलियो टोली उतार्दै वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिज बराबर गर्ने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि२० सिरिजको चौथो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२:१५ बजे सुरु हुनेछ । नेपालले पहिलो खेल ४ विकेटले जितेपछि पाहुना टोलीले दोस्रो खेल १० रनले जित्दै सिरिज बराबर गरेको थियो । बुधबार भएको तेस्रो खेलमा जोन्सन चार्ल्सको […]

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

Success

Thank you for your time.