default_image

2 years ago

April 4, 2022

फाइनलमा नेपालको सम्भावित प्लेइङ-११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल दिउँसो १२ः३० मा टियु क्रिकेट मैदान सुरुहुनेछ । नेपाल अपराजित रहँदै उपाधि जित्ने सोचमा हुनेछ । नेपाल घरेलु मैदानमा लगातार दोस्रो त्रिकोणात्मक टि२० आई सिरिज उपाधि जित्न चाहन्छ । नेपालले पीएनजीलाई लिगमा १५ रन र ३७ रनले […]

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल दिउँसो १२ः३० मा टियु क्रिकेट मैदान सुरुहुनेछ । नेपाल अपराजित रहँदै उपाधि जित्ने सोचमा हुनेछ । नेपाल घरेलु मैदानमा लगातार दोस्रो त्रिकोणात्मक टि२० आई सिरिज उपाधि जित्न चाहन्छ ।

नेपालले पीएनजीलाई लिगमा १५ रन र ३७ रनले पराजित गरेको थियो । नेपालले लिगको अन्तिम खेलमा मलेसियालाई ८५ रनले हराएको थियो । उक्त खेलमा दीपेन्द्रसिंह ऐरीले चौथो नम्बरमा ब्याटिङ गर्दै १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए ।

दीपेन्द्र नेपालका प्रमुख हतियार हुन् । ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपालले आजको खेलमा ब्याटिङमा कुनैपनि परिवर्तन गर्ने सम्भावना छैन । शीर्ष चार ब्याटरको विकल्प खोज्न आवश्यक छैन ।

ओपनरमा आसिफ शेख र कुशल भुर्तेल हुनेछन् । यी दुबै ब्याटर सुरुवात राम्रो गरेपनि ठूलो इनिङ खेल्न सकेका छैनन् । आक्रामक सुरुवातसँगै नेपाल ओपनरबाट ठूलो योगफलको आधार तय गर्न चाहन्छ । रोहित पौडेल तेस्रो र दीपेन्द्रसिंह ऐरी चौथो नम्बरमा हुनेछन् । यी दुबै ब्याटर उच्च लयमा छन् ।

मलेसियाविरुद्ध रोहितले टि२० आई करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए । साझेदारी पनि यी दुई ब्याटरबीच जम्दै आएका छन् । दीपेन्द्र र रोहितको प्रदर्शन नेपालको लागि महत्वपूर्ण हुनेछ ।

पाँचौं नम्बरमा नेपालले आरिफ शेखलाईनै निरन्तरता दिनेछ । आरिफ अनुभवीसँगै मध्यगतिका पार्टटाइम विकल्प हुन् । आरिफको स्थानमा विवेक यादव थप प्रभावकारी हुनसक्छन् । तर चारै खेलमा नेपालले विवेकलाई मौका दिएको थिएन । फाइनलमा सिधैं मौका दिने सम्भावना पनि देखिदैन ।

आदिल अन्सारी, दीलिप नाथ, करण केसी र सोमपाल कामी रहनेछन् । आदिल आक्रामक ब्याटिङको क्षमता राख्छन् । उनले डेब्यू खेलमा पीएनजीविरुद्ध ११ बलमा ३१ रनको इनिङ खेलेका थिए । करण र सोमपालले पनि अन्तिममा त्यतिनै राम्रो ब्याटिङ गर्दछन् ।

नेपालले मलेसियासँगको खेलमा तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिएको थियो । दुर्भाग्यपूर्ण उनको स्थानमा खेलेका कमलसिंह ऐरीको बायाँ हातको कुमको हड्डी भाचिन पुगेको थियो । नेपालले कमलको स्थानमा सोमपाललाई फर्काउने छ । अन्य परिवर्तन टोलीमा देखिदैन ।

सोमपाल, करण र अभिनाश बोहरा तीव्र गतिका बलिङ हतियार हुन् । पार्टटाइममा आदिल र आरिफले साथ दिनेछन् । स्पिनरमा सन्दीप लामिछाने हुनेछन् । सन्दीपलाई दीपेन्द्रसिंह ऐरीले साथ दिनेछन् । तुलनात्मक रुपमा स्पिन आक्रामण केहि कमजोर देखिन्छ । सन्दीप, दीपेन्द्र र करण नेपालका प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शनले नतिजा धेरै प्रभाव पार्ने देखिन्छ ।

नेपालको सम्भावित प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, दीलिप नाथ, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान)

खेलको बारे सम्पूर्ण जानकारी : नेपालले उपाधिको लागि पीएनजीसँग खेल्दै

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.