default_image

2 years ago

April 4, 2022

नेपालले उपाधिको लागि पीएनजीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल दिउँसो १२ः३० मा टियु क्रिकेट मैदान सुरुहुनेछ । नेपाल अपराजित रहँदै उपाधि जित्ने सोचमा हुनेछ । नेपाल घरेलु मैदानमा लगातार दोस्रो त्रिकोणात्मक टि२० आई सिरिज उपाधि जित्न चाहन्छ । गत वर्ष मलेसिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणात्मक टि२० […]

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल दिउँसो १२ः३० मा टियु क्रिकेट मैदान सुरुहुनेछ । नेपाल अपराजित रहँदै उपाधि जित्ने सोचमा हुनेछ । नेपाल घरेलु मैदानमा लगातार दोस्रो त्रिकोणात्मक टि२० आई सिरिज उपाधि जित्न चाहन्छ ।

गत वर्ष मलेसिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि पनि नेपालले जितेको थियो । नेपालले लिग चरणका चार खेलमानै जित हात पारेको थियो । पीएनजी नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै उपाधि जित्ने सोचमा हुनेछ । पीएनजी ४ खेलमा २ अंकका साथ मलेसियालाई नेट रनरेटले पछि पार्दै फाइनलमा पुगेको थियो ।

नेपाललाई घरेलु मैदान र समर्थकले गर्दा थप फाइदा हुनेछ । पीएनजीले नेपालसँगको दुई ओडिआई सिरिजमा क्लिनस्विप गरेको थियो । नेपाल त्यसको बदला लिने सोचमा हुनेछ । नेपालले पीएनजीलाई लिगमा १५ रन र ३७ रनले पराजित गरेको थियो । मलेसियासँग पहिलो खेलमा १५ रनले स्तब्ध बनेको पीएनजीले दोस्रो खेलमा ८ विकेटको सानदार जितका साथ फाइनलमा स्थान बनाएको हो ।

नेपालले पछिल्ला दुई इनिङमा २ सय माथिको योगफल बनाएको छ । दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल ब्याटिङमा उच्च लयमा छन् । दीपेन्द्रले पछिल्लो खेलमा मलेसियाविरुद्ध १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । टि२० सिरिजमा दीपेन्द्रले सानदार प्रदर्शन गरेका थिए । रोहितले पनि तेस्रो नम्बरमा ब्याटिङ गर्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । फाइनलमा उच्च लयमा रहेका यी दुई ब्याटरबाट नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ ।

युवा स्टार आदिल अन्सारीले तल्लोक्रममा विष्फोटक अन्त्य गर्दै आएका छन् । ओपनर आसिफ शेख र कुशल भुर्तेल भने ठूलो इनिङ खेल्नबाट चुक्दै आएका छन् । मलेसियासँग विश्राम दिएका सोमपाल कामी टोलीमा फर्किनेछन् । तीव्र गतिका बलरमा करण केसी, सोमपाल र अभिनाश बोहरा हुनेछन् ।

करणले पीएनजीविरुद्ध दोस्रो खेलमा ह्याट्रिक सहित ५ विकेट लिँदै नेपालको जित सहज बनाएका थिए । स्पिनरमा सन्दीप लामिछाने हुनेछन् । सन्दीपलाई दीपेन्द्रले साथ दिनेछन् ।

मलेसियाले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य पीएनजीले १७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेलमा टोनी उराले ३४ बलमा २ चौका र १० छक्कासहित ८६ रनको विष्फोटक इनिङ खेलेका थिए । कप्तान असाद भालाले ओपनिङ गर्दै ५१ बलमा ७४ रनको इनिङ खेलेका थिए ।

भाला र उरा लयमा फर्किनु पीएनजीको लागि प्रमुख सकारात्मक पक्ष हो । मध्यक्रमका चार्ल्स अमिनीले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । अमिनी ओडिआई सिरिजका सर्वोत्कृष्ट खेलाडी हुन् । अमिनीले नेपालसँग दोस्रो खेलमा ६२ रनको इनिङ खेलेका थिए । नोर्मन भानुआ पीएनजीका प्रमुख हतियार हुन् । टियुको ब्याटिङ सहयोगी पिच र छोटो बाउन्ड्रीको उनले लगातार फाइदा उठाउँदै आएका छन् ।

भाला, अमिनी, उरा र भानुआ पीएनजीका प्रमुख हतियार हुन् । पीएनजीको बलिङ आक्रामण भने कमजोर छ । त्यसको नेपालले भरपूर फाइदा उठाउन सक्नुपर्छ । नेपाललाई घरेलु मैदान सामु सम्हाल्लिएर खेल्नुपर्ने हुन्छ। पीएनजीलाई गुमाउनु केहि छैन । पीएनजी उत्कृष्ट प्रदर्शनमा साथ टि२० सिरिज पनि जित्न चाहन्छ ।

हेड टु हेड :

पीएनजी र नेपालबीच हालसम्म तीन टि२० आई खेल भएको छ । नेपाल दुई र पीएनजी एक खेलमा विजयी भएको छ ।

मैदानको अवस्था :

टियुको पिच ब्याटिङ सहयोगी छ । १ सय ८० भन्दा कम योगफल सहजै पूरा भएको छ । २ सय माथिको योगफलमात्र सुरक्षित देखिन्छ ।

मौसम : आजको तापक्रम १७ देखि २७ डिग्री सेल्सियस सम्म हुनेछ । दिउँसो ३ ः ४५ देखि ६ ः ४५ सम्मको बीचमा हल्का सामान्य वर्षा हुनसक्छ ।

लाइभ : खेलको लाइभ कान्तिपुर टेलिभिजनबाट हेर्न सकिनेछ ।

फाइनल अघि दुबै कप्तानको भनाई :

‘भोलीको खेल सबै जनाको लागि उतिकै महत्वपूर्ण छ । केहि दबाबको कुरा पनि छैन । हामीले हाम्रो तर्फबाट दिनसक्ने शतप्रतिश दिनेछौं, सन्दीप लामिछाने, नेपाल ।

फाइनल सधैं दबाब हुन्छ । हामी राम्रो क्रिकेट खेल्ने छौं । हामीले यसअघि अन्तिम टि२० खेल टि२० विश्वकप खेलेका थियौं । विश्वकप लिग २ को तयारीमा थियौं । त्यसैले टि२० मा सुरुवातमा केहि कठिन भएको हो, असाद भाला, पीएनजी ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल, रोहित पौडेल र आदिल अन्सारी ।

पपुवा न्युगिनीको टोली :

असाद भाला (कप्तान), लेगा सियाका, टोनी उरा, सेसे बाउ, चाल्र्स अमिनी, सिमोन आइती, चाद सोपर, नर्मन भानुआ, राइली हेकुरे, काबुआ मोरेआ, नोसैना पोकन, हिरी हिरी, जेसन किला, एली नाओ, डोगोडो बाउ र सिमो कमिया ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

Success

Thank you for your time.