default_image

2 years ago

April 5, 2022

लोकेशको आक्रामक ब्याटिङ, रोहितको अर्धशतक

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा आक्रामक ब्याटर लोकेश बमले रुपन्देहीमा जारी तिलोत्तमा प्रिमियर लिग–टि२० क्रिकेट प्रतियोगितामा आक्रामक ब्याटिङ गरेका छन् । जेभी वारियर्सबाट लोकेशले न्यू होराइजविरुद्ध विष्फोटक ब्याटिङ गरेका हुन् ।

टस जितेर पहिला ब्याटिङ थालेको जेभी वारियर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । लोकेशले ५२ बलमा ३ चौका र ८ छक्कासहित ८६ रनको आक्रामक ब्याटिङ गरे । सिनियर टोलीकै अर्का ब्याटर रोहित पौडेलले ४५ बलमा ६ चौका र १ छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ खेले ।

सोमबार नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि जितेपछि तिलोत्तमा पुगेका लोकेश र रोहितले उत्कृष्ट ब्याटिङ गरेका हुन् । नेपाललाई च्याम्पियन बनाउन रोहितले महत्वपूर्ण प्रदर्शन गरेका थिए । लोकेश भने पहिलो खेलमा पीएनजीसँगपछि बेन्चमा थिए ।

न्यू होराइजनका तीव्र गतिका बायाँ हाते बलर मोहम्मद हसैनले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको न्यू होराइज १२ ओभरमै ६३ रनमा अल आउट भयो । उसका लागि मनिष थापाले सर्वाधिक १८ रन बनाए । बायाँ हाते स्पिनर बसिर अहमदले ४ ओभरमा १२ रन खर्चेर ५ विकेट लिए ।

अर्को खेलमा सुपर ११ भैरहवाले तिलोत्तमा टाइगर्सलाई ५ विकेटले हरायो । पहिला ब्याटिङ गरेको तिलोत्तमाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । उसका लागि आयुषमान बम २९ र सिनियर टोलीका ब्याटर सन्दीप जोरा १४ रनमा आउट भए । भैहरवाका अभिषेक गौतमले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । सिनियर टोलीबाट खेलि सकेका तीव्र गतिका बलर राशिद खानले भने २ विकेट लिए ।

१ सय ९ रनको लक्ष्य भैरहवाले १८.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भैरहवाका सन्दीप रजालीले ५३ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५४ रन बनाए । पुरण बिकले २२ बलमा ४ चौका र १ छक्कासहित ३० रन बनाए ।

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

May 17, 2024

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रनमा समेटियो । नेपालको जितमा कुशल […]

Success

Thank you for your time.