default_image

2 years ago

April 5, 2022

सन्दीपलाई ‘द हन्ड्रेड’ मा कुनै टोलीले छानेनन्

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने द हन्ड्रेड (एक सय बलको खेल) प्रतियोगितामा पनि कुनै टोलीमा अनुबन्धित हुन सकेनन् ।

मंगलबार साँझ सम्पन्न ड्राफ्टमा सन्दीपलाई अनुबन्ध गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । सन्दीपले अक्सनमा ६० हजार पाउन्ड स्ट्रर्लिङ .( झण्डै १ करोड नेपाली रुपैयाँ) मूल्य तोकेका थिए । तर सन्दीपलाई कुनपनि टोलीले अनुबन्ध गरेनन् । ८ टोली सहभागी प्रतियोगितामा श्रीलंका वानिन्दु हसरंगा, अफगानिस्तानका राशिद खान र अष्ट्रेलिया एडम जाम्पा जस्ता लेगस्पिनर भने अनुबन्ध भएका छन् । सबै टोलीले तीन तीन विदेशी खेलाडी राखेका छन् ।

सन्दीप गत वर्ष पहिलो संस्करणको द हन्ड्रेडमा ओभल इन्भिन्सिबल्समा ६० हजार पाउण्ड (झन्डै १ करोड नेपाली रुपैयाँ) बराबरमा अनुबन्ध भएका थिए । तर भिसा समस्याका कारण सन्दीप इंग्ल्यान्ड पुगेर क्वारेन्टाइन बसेर मात्र फर्कनु परेको थियो । सन्दीपले त्यहाँ पुगेको टिएर ५ भिसामा द हन्ड्रेड खेल्न पाएका थिएनन् ।

प्रतियोगितामा बर्मीङ्घम फिनिक्स, लन्डन स्प्रिरिट, नर्थर्न सुपरचार्जर्स, ओभल ईन्भिन्सिबल्स, म्यानचेस्टर ओरिजिनल्स, साउर्थन ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्श फायर छन् । गतवर्ष उपाधि साउर्थन ब्रेभले जितेको थियो । फाइनलमा ब्रेभले बर्मीङ्घम फिनिक्सलाई ३२ रनले हराउँदै ब्रेभ च्याम्पियन बनेको थियो ।

पछिल्लो समय सन्दीप बिग ब्यास लिगमा सिमित हुँदै आएका छन् । आइपिएल २०२२ को मेगा अक्सनमा पनि सन्दीपलाई कुनैपनि टोलीले किनेनन् । सन्दीपले आइपिएल मेगा अक्सनमा भने ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ राखेका थिए । तर कुनैपनि टोलीले किनेनन् । पछिल्लो समय सन्दीप सिनियर टोलीमा ब्यस्त छन् । सोमबार त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीलाई हराउँदै सन्दीपले आफ्नो कप्तानीमा नेपाललाई पहिलो उपाधि दिलाएका थिए ।

२०२२ को ड्राफ्टमा अनुबन्ध भएका खेलाडीको लिष्ट

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

May 17, 2024

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रनमा समेटियो । नेपालको जितमा कुशल […]

Success

Thank you for your time.