default_image

2 years ago

April 6, 2022

एकमात्र टि२० खेलमा अष्ट्रेलिया विजयी

94 views

0 Bookmark

एजेन्सी – पाकिस्तानसँगको एकमात्र टि२० आई खेलमा अष्ट्रेलिया ३ विकेटले विजयी भएको छ । योसँगै अष्ट्रेलियाको २४ वर्षपछि पाकिस्तान भ्रमण सकिएको छ । टेस्ट र टि२० सिरिज अष्ट्रेलियाले जित्दा ओडिआई भने गुमाउन पुगेको थियो ।

जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा कप्तान आरोन फिन्चले ४५ बलमा ६ चौकासहित सर्वाधिक ५५ रन बनाए । ओपनर ट्रविस हेड १४ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।

जोश इंश्लिस २४, मार्कस स्टोइनिस २३ र बेन म्याकडेर्मोट २२ रन बनाए । पाकिस्तानका शाहिन शाह अफ्रिदी, उस्मान कादिर र मोहम्मद वासिम जुनियरले २–२ विकेट लिए ।

त्यसअघि गद्दाफी स्टेडियम लाहोरमा टस हारेर ब्याटिङ थालेको घरेलु टोली पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ४६ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६६ रन बनाए । मोहम्मद रिजवान २३, फखार जमान गोल्डेन डक, इफ्तिखर अहमद १३, खुसदील शाह २४ र उस्मान कादिरले १८ रन बनाए ।

अष्ट्रेलिया तीव्र गतिका बलर नाथन एलिसले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । डेब्यु खेल खेलेका क्यामरन ग्रिनले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । तीन टेस्ट खेलको सिरिज अष्ट्रेलियाले १–० ले जितेको थियो । तीन ओडिआई खेलको सिरिज पाकिस्तानले २–१ ले जितेको थियो ।

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

May 17, 2024

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.४ ओभरमा १३० रनमा समेटियो । नेपालको जितमा कुशल […]

Success

Thank you for your time.