default_image

3 years ago

April 9, 2022

नामिबियामाथि युगान्डाको कीर्तिमानी जित

91 views

0 Bookmark

एजेन्सी – युगान्डाले दोस्रो टि२० आई खेलमा घरेलु टोली नामिबियामाथि ७ विकेटको सानदार कीर्तिमानी जित हात पारेको छ । योसँगै तीन टि२० आईको खेलको सिरिज १–१ को अवस्थामा पुगेको छ ।

१ सय ७८ रनको विजयी लक्ष्य युगान्डाले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । युगान्डाको जितमा मध्यक्रमका ब्याटर दिनेश नक्रानी ३९ बलमा ८ चौका र ३ छक्कासहित ७७ रनमा अविजित रहे । यो युगान्डाले टि२० आईमा बनाएको उसको इतिहासकै सर्वाधिक ठूलो योगफल हो ।

यसअघि युगान्डाको टि२० आईमा सर्वाधिक ठूलो योगफल १ सय ७६ रन अघिल्लो वर्ष रवान्डाविरुद्ध थियो । रियाजत अली शाह ४३ रनमा ४ चौका र ३ छक्कासहित ५७ रनमा अविजित रहे । चौथो विकेटका लागि शाह र नक्रानीले १ सय १८ रनको कीर्तिमानी शतकीय साझेदारी गरेपछि युगान्डाले आफ्नो इतिहासकै एक उत्कृष्ट जित हात पारेको हो ।

जुन युगान्डाका ब्याटरले गरेको सर्वाधिक ठूलो साझेदारी पनि हो । नामिबियाका कप्तान गेरहार्ड इरास्मसले २ विकेट लिए । त्यसअघि नामिबियाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो ।

नामिबियाका कप्तान गेरहार्ड इरास्मसले ४७ बलमा ९ चौका र ७ छक्कासहित १ सय रनको सानदार शतकीय इनिङ खेलेपनि टोलीको हार भने टार्न सकेनन् । जेपी कोट्जेले ३० बलमा ४ चौका र २ छक्कासहित ३९ रन जोडे । युगान्डाका अली शाहले सर्वाधिक २ विकेट लिए । पहिलो खेलमा नामिबिया ८ विकेटले विजयी भएको थियो । तेस्रो खेल आइतबार हुनेछ ।

December 15, 2024

पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, क्वालिफायर खेल्ने सम्भावना बलियो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]

December 15, 2024

पोखरालाई सुदूरपश्चिमले दियो मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]

December 15, 2024

हेड र स्मिथको शतकमा अस्ट्रेलिया विशाल योगफलतर्फ

एजेन्सी – भारतविरुद्ध दुई खेलाडीको शतकमा तेस्रो टेस्टमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको छ । वोर्डर गावास्कर ट्रफी सिरिजको तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो इनिङ अन्तर्गत दोस्रो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ५ रन […]

Success

Thank you for your time.