3 years ago
April 12, 2022
एजेन्सी – ओपनर रोविन उथप्पा र अलराउन्डर शिवम दुबेको सानदार ब्याटिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई २ सय १७ रनको विशाल लक्ष्य दिएको छ ।
डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १६ रन बनायो । चेन्नईका रोबिन उथप्पाले ५० बलमा ४ चौका र ९ छक्कासहित ८८ रनको उत्कृष्ट प्रदर्शन गरे । उथप्पाको आइपिएल करिअरको उत्कृष्ट प्रदर्शन हो । शिवम दुबेले ४६ बलमा ५ चौका र ८ छक्कासहित ९५ रनमा अविजित रहे । दुबेको पनि आइपिएलको उच्च प्रदर्शन हो । दुबेले ८ र उथप्पाले ९ गरि कुल १७ छक्का प्रहार गरे ।
तेस्रो विकेटका लागि उथप्पा र दुवेले ७४ बलमा १ सय ६५ सानदार कीर्तिमानी शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए । आइपिएलमा यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि तेस्रो विकेटका लागि २०१२ मा डेक्कन चार्जसका कुमार संगाकारा र क्यारन ह्वाइटले १ सय ५७ रनको साझेदारी गरेका थिए ।
यस सिजनमा बेंगलोरको लागि पहिलो खेल खेलेका अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले ओपनर ऋतुराज गायकवाडलाई १७ रनमा एलबीडब्लू आउट गरे । १६ बल खेलेका गायकवाड ३ चौका प्रहार गरे । गतवर्ष चेन्नईलाई च्याम्पियन बनाउन सर्वाधिक रन बनाउदै ओरेन्ज क्याप जितेका गायकवाड यस सिजनमा चल्न सकेका छैनन् ।
मोईन अली ३ रनमा रन आउट भए । जुन समय चेन्नई ६.४ ओभरमा ३६–२ को अवस्थामा पुगेको थियो । त्यसपछि दुबे र उथप्पाले सानदार ब्याटिङ गरेका हुन् । पहिलो १० ओभरमा ६०-२ को अवस्थामा रहेको चेन्नईले अन्तिम ६० बलमा १ सय ५५ रन बनाउँदै विशाल योगफलमा पुर्याएको हो । बेंगलोरका वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए ।
चेन्नई ४ खेलमा जित विहीन हुँदै पुछारमा छ । चेन्नई पहिलो जितको सोचमा छ । बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । बेंगलोर यस खेलमा विजयी भएमा ८ अंकका साथ शीर्षस्थानमा उक्लिनेछ ।
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]
December 15, 2024
एजेन्सी – भारतविरुद्ध दुई खेलाडीको शतकमा तेस्रो टेस्टमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको छ । वोर्डर गावास्कर ट्रफी सिरिजको तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो इनिङ अन्तर्गत दोस्रो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ५ रन […]