default_image

2 years ago

April 14, 2022

नेपाली क्रिकेट-उथलपुथलले भरिएको वर्ष

भुपेन्द्र जिसी,काठमाडौं नेपाली क्रिकेट २०७८ सालमा मैदान भित्र र बाहिर निकै चर्चाको विषय बन्यो । नेपालले वैशाखमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिज खेल्दै वर्षको सुरुवात गरेको थियो । टियुमै मलेसिया र पपुवा न्युगिनीविरुद्ध त्रिकोणात्मक टि२० आई सिरिज जित्दै वर्ष अन्त्य गर्यो । सुरुवात र अन्त्य उपाधिका साथ भयो । यसबीचमा […]

69 views

0 Bookmark

भुपेन्द्र जिसी,काठमाडौं

नेपाली क्रिकेट २०७८ सालमा मैदान भित्र र बाहिर निकै चर्चाको विषय बन्यो । नेपालले वैशाखमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिज खेल्दै वर्षको सुरुवात गरेको थियो । टियुमै मलेसिया र पपुवा न्युगिनीविरुद्ध त्रिकोणात्मक टि२० आई सिरिज जित्दै वर्ष अन्त्य गर्यो ।

सुरुवात र अन्त्य उपाधिका साथ भयो । यसबीचमा टोलीले सबैभन्दा ठूलो अवसरको रुपमा रहेको अष्ट्रेलियामा हुने टि२० विश्वकपमा सहभागी हुने मौका गुमायो । युवा खेलाडीको उच्च प्रदर्शन, चार खेलाडीलाई कारबाही, कप्तान परिवर्तन, पारस खड्काको सन्न्यास, विश्वकप अवसर गुम्नु र प्रशिक्षक डेभ ह्वाटमोरको आश्चर्यजनक राजीनामा वर्षका चर्चित घटना हुन् ।

नेपालले अन्तर्राष्ट्रिय रुपमा यस वर्ष १८ टि२० आई र १२ ओडिआई खेल खेल्यो । टि२० आईमा १४ मा जित र ४ खेलमा हार बेहोर्यो । ओडिआईमा ६ मा जित र ६ मा हार खानु पर्यो ।

अन्तर्राष्ट्रिय सहभागिता

नेपालले वैशाखमा नेदरल्यान्ड्स ३ र मलेसियासँग २ टि२० आई खेल खेल्यो । उक्त सिरिजमा नेपालले पाँच मध्य अन्तिम तीन खेलमा लगातार दुई सय रनमाथिको योगफल बनाएको थियो । नेपालले फाइनलमा आफ्नो टि२० आई इतिहासकै सर्वाधिक २ सय ३८ रन बनायो । १ सय ४२ रनको फराकिलो अन्तरले विजयी हुँदै च्याम्पियन बन्यो । पाँच मध्य चार खेलमा जित हात पार्यो ।

नेपालले एक सानदार ब्याटिङका साथ नयाँ उत्साह थप्यो । विशेषगरि आसिफ शेख र कुशल भुर्तेलको प्रदर्शनले नेपाली ब्याटिङमा धेरै उत्साह थपेको थियो । तर कोरोना महामारीको दोस्रो लहरको कारण बाँकी पाँच महिना गतिविधि हुन सकेन । असोजमा ओमानमा गएर आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्यो ।

ओमान र अमेरिकासँग २–२ ओडिआई खेल खेल्यो । दुवै टोलीसँग समान १–१ खेलमा जित र हार बेहोर्यो । त्यसअघि नेपालले पपुवा न्युगिनीसँग खेलेको दुवै ओडिआई खेल जितेको थियो । माघमा नेपालले ओमानमा चार देश सम्मिलित टि२० आई सिरिज खेल्दै ३ खेलमा १ मा जित र २ मा हार बेहोर्यो ।

टि२० विश्वकप छनोट ए मा नेपालले कुल ५ खेल खेल्यो । ४ मा जित र १ मा हार बेहोर्यो । समूह चरणमा क्यानडा, फिलिपिन्स र ओमानलाई सहजै पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्ने अवसर गुमाएको थियो । लगत्तै नेपालले युएईमा गएर आइसिसी विश्वकप लिग–२ मा युएई र पीएनजीसँग खेलेको थियो ।

युएईसँग दुवै खेलमा पराजित हुँदा पीएनजीलाई हराएको थियो । त्यसपछि नेपालले घरेलु मैदानमा चैतमा पीएनजीसँग दुवै ओडिआई खेल गुमाएको थियो । त्रिकोणात्मक टि२० आई सिरिजमा पाँच खेलमानै जितका साथ च्याम्पियन बनेको थियो ।

गुमेको विश्वकप अवसर

नेपालले गुमाएको सर्वाधिक ठूलो अवसर नै टि२० विश्वकप हो । टि२० विश्वकपको सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने अवसर गुमायो । जितका लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा १ सय ७ रनमा अल आउट भयो ।

ज्ञानेन्द्र र दीपेन्द्र पदमुक्त

यो वर्ष सबैभन्दा बढी चर्चाको विषयमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेटरमाथि कारबाही रह्यो । क्यानको २०२१ को ग्रेडमा असन्तुष्टि जनाउँदै एक मिडियामा बोलेको कारण अनुशासन उल्ङ्घन देखाउँदै मंसिर अन्तिममा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को सुरुवाती ६ महिना ग्रेडमा नराख्ने निर्णय गरेको थियो ।

ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटायो । त्यसअघि क्यानले खेलाडीलाई दुई पटक स्पष्टिकरण सोधेको थियो । कारबाहीमा परेका ४ सहित कुल १२ खेलाडी विश्वकप छनोटको बन्द प्रशिक्षणमा नगएपछि नेपाली क्रिकेटमै नयाँ तरङ्ग आएको थियो । जुन घटनालाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवाले क्यान अध्यक्ष चतुर बहादुर चन्दसँग सोधपुछ गरेका थिए ।

सन्दीप कप्तानमा नियुक्त

यो वर्ष नेपालले नयाँ कप्तान पनि पायो । ज्ञानेन्द्र पदमुक्त गर्दै सन्दीपलाई कप्तानमा नियुक्त गरेको थियो । सन्दीप नेपालका दशौं कप्तान बने । २०१७ देखि नेपाली सिनियर क्रिकेट टोलीबाट खेल्दै आएका सन्दीपले इन्डियन प्रिमियर लिग (आइपिएल) हुँदै नेपाली क्रिकेट टोलीको कप्तानी सम्हाले ।

पारसको सन्न्यास

नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान पारस खड्काले साउनमा अन्तर्राष्ट्रिय करिअरबाट सन्न्यासको घोषणा गरे । पारसले झण्डै दुई दशकदेखिको क्रिकेट यात्रामा पूर्णविराम लगाए । पारस नेपालका सर्वाधिक सफल कप्तान र खेलाडी हुन् ।

उनको कप्तानीमा नेपालले पहिलो पटक २०१४ मा टि२० विश्वकप र २०१८ मा ओडिआई मान्यता पाएको थियो । यी दुवै शैलीमा शतक प्रहार गर्ने पारस पहिलो खेलाडी हुन् । पारसले सन्न्यास घोषणा गरेपछि पत्रकार सम्मेलनमार्फत आफू क्यानमा आउने इच्छा समेत व्यक्त गरे ।

डेभ ह्वाटमोरको राजीनामा

श्रीलंकालाई मुख्य प्रशिक्षकको रुपमा सन् १९९६ मा विश्वकप जिताएका अष्ट्रेलियन डेभ ह्वाटमोर नयाँ आशा बोकेर मुख्य प्रशिक्षकमा आएका थिए । उनी आएसँगै वैशाखमा त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालले उत्कृष्ट ब्याटिङ गर्यो ।

नेपाली क्रिकेट इतिहास कै हाइ प्रोफाइलका प्रशिक्षक मानिएका ह्वाटमोर धेरै समय भने बसेनन् । असोजमा ओमान भ्रमणको क्रममा ह्वाटमोरले एक्कासी राजीनामा दिएका थिए ।

यू–१९ को पनि विश्वकप सपना अधुरै

भदौमा नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोलीले वेस्टइन्डिजमा सम्पन्न यू–१९ एकदिवसिय विश्वकप खेल्न पाएन । कोरोनाको कारण यू–१९ एसिया छनोट नहुने भएपछि पछिल्लो पाँच विश्वकप छनोटको आधारमा युएईले सिधै यू१९ विश्वकपमा छनोट भएको थियो ।

महिला टोली पनि असफल

नेपाली महिला टोलीले आइसिसी टि२० विश्वकप एसिया छनोटमा तेस्रो स्थानमा रहँदै २०२३ मा हुने टि२० विश्वकप अवसर गुमायो । कार्तिकमा युएईमा सम्पन्न टि२० विश्वकप एसिया छनोटमा नेपाल हङकङ र युएईसँग पराजित हुँदै बाहिरियो । त्यसअघि कतारसँग तीन महिला टि२० आई सिरिज खेल्दै क्लिनस्विप गरेको थियो । महिला टोलीले यो वर्ष कुल ८ खेल खेल्दा ६ मा जित र २ मा हार बेहोर्यो ।

युवा खेलाडीले दिलाएको आशा

यो वर्ष नेपाली क्रिकेट टोलीको उच्च प्रदर्शनमा युवा खेलाडीको प्रदर्शन उच्च रह्यो । कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरी उच्च प्रदर्शन गरे । युवा खेलाडीले नेपाली क्रिकेटको भविष्य उज्वल देखाएका छन् ।

पुबुदु पुन प्रशिक्षकमा फर्किए

नेपालले मंसिरमा मुख्य प्रशिक्षकमा पुबुदु दासानायकेलाई नियुक्त गरेको थियो । ह्वाटमोरले छाडेपछि नेपालले मुख्य प्रशिक्षकमा पुबुदुलाई नियुक्त गरेको थियो । श्रीलंका क्रिकेट टोलीका पूर्व खेलाडी समेत रहेका पुबुदु नेपाललाई पहिलो पटक टि२० विश्वकप खेलाउने प्रशिक्षक हुन् । सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षकमा नेपालले धेरै परिवर्तन गरेको थियो ।

यू–१९ टोलीको कमजोर प्रदर्शन


यू१९ विश्वकपको अवसर गुमाएपनि नेपालले एसिया कप खेलेको थियो । तर यू–१९ एसिया कपमा नेपाल जित बिहीन हुँदै बाहिरियो । नेपालले बंगलादेश, श्रीलंका र कुवेतसँग हार बेहोरेको थियो ।

ब्याटिङ सुधारको संकेत

पछिल्ला दुई घरेलु मैदानको प्रदर्शनले नेपाली क्रिकेटको ब्याटिङ सुधारको संकेत देखिन्छ । तर ओमान र युएई भ्रमणमा भने त्यस विपरित प्रदर्शन गर्यो । टियुको ब्याटिङ सहयोगी पिचमा नेपाली ब्याटरले सहजै रन बनाउँदै आएका छन् । नेपालले विशाल योगफल पनि बनाउँदै आएको छ । पछिल्लो समयको प्रदर्शनबाट नेपाली क्रिकेट सुधारको संकेत देखिन्छ ।

क्यान सचिव र उपाध्यक्षको राजीनामा

असोजमा क्यानका सचिव अशोकनाथ प्याकुरेल र उपाअध्यक्ष राजुबाबु श्रेष्ठले पनि पदबाट राजीनामा दिए । एकदशक भन्दा लामो समय क्यानमा बिताएका उनले आफ्नो अभियान पूरा भएको भन्दै राजीनामा दिए ।

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेश माथि २१ रनको जित हासिल गर्दै उपाधि कब्जा गरेको हो । लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

Success

Thank you for your time.