default_image

2 years ago

April 13, 2022

ब्लु बर्ड र गोल्डेनगेट प्याट्रिएट्स कपको सेमिफाइनलमा

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्लु बर्ड कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज प्याट्रिएट्स कप अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । ब्लु बर्ड समूह ‘ए’ को विजेता तथा गोल्डेनगेट उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो ।

मुलपानी क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा ब्लु बर्डले मोर्गान कलेजलाई ८ विकेटले पराजित गर्दै समूह विजेता बन्यो । ३८ रनको सामान्य विजयी लक्ष्य ब्लु बर्डले ३ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । ब्लु बर्डका सचिन लेखक २२ रनमा तथा विवेक रानामगर ११ रनमा अविजित रहे । मोर्गानका दिपेन्द्र रावतले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मोर्गान १० ओभर २ बलमा सबै विकेट गुमाएर ३७ रनमा अल आउट भयो । मोर्गानका जगत विकेले ८ तथा दिपेन्द्र रावतले ७ रन बनाउनुबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ब्लु बर्डका विपिन आचार्यले ३ ओभर २ बलमा १५ रन खर्चदै ४ विकेट लिए । विश्व कार्कीले दुई तथा तिलक भण्डारी र दुर्गेश क्षेत्रीले समान १ विकेट लिए ।

ब्लु बर्डका विपिन आचार्य प्लेयर अफ दि म्याच घोषित भए । जितसँगै ब्लु बर्डले ३ खेलबाट ४ अंक जोड्यो । समान ४ अंक नै रहेपनि गोल्डेनगेट नेट रनरेटमा दोस्रो भयो । समान ४ अंक नै रहेपनि एपेक्स नेट रनरेटमा पछि पर्दै समूह चरणबाटै बाहिरियो । मोर्गान जितिविहीन बन्यो ।

समूह चरणकै अर्काे खेलमा एपेक्स कलेजलाई ८ विकेटले पराजित गर्दै गोल्डेनगेट नेट रनरेटमा अघि रहँदै अघिल्लो चरणमा स्थान पक्का गरेको हो । १ सय २४ रनको विजयी लक्ष्य गोल्डेनगेटले १२ ओभर २ बलमा २ विकेट गुमाएर पुरा ग¥यो । गोल्डेनगेटका तृतराज दासले ५९ तथा सचिन शर्माले ५२ रनको अविजित अर्धशतकीय योगदान दिए । मोहन सिंह र शशांक अग्रवालले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपेक्सले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय २३ रन मात्रै जोड्न सक्यो । अंकित विकेले ३०, साहेव भडेलले २४, खगेन्द्र सामन्तले १७ तथा राहुल साहनीले १३ रन बटुले ।

गोल्डेनगेटका रवि शाहले ३ ओभर ३ बलमा २२ रन खर्चिएर ५ विकेट हात पारे । रिजत ढकालले २, आशुतोष गिरैया र सुर्य तामाङले समान १ विकेट लिए । रवि शाह प्लेयर अफ दि म्याच घोषित भए ।

May 16, 2024

नेपालको विनवार्ड्स भोलक्यानोज विरुद्ध बलियो योगफल

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको दोस्रो अभ्यास खेलमा बलियो योगफल खडा गरेको छ । पार्क हिल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८० रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५४ रन बनाए । […]

May 16, 2024

सन्दीपले विश्वकप खेल्ने बाटो खुल्यो

काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी टि२० विश्वकपमा खेल्ने बाटो खुलेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट सन्दीपको नाम नेपालको विश्वकप खेल्ने टोलीमा समावेश गर्न सकारात्मक जवाफ आएसँगै उनले विश्वकप खेल्ने बाटो खुलेको हो । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले […]

May 16, 2024

दोस्रो अभ्यास खेलमा नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको दोस्रो अभ्यास खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका छन् । नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका सागर ढकाल र करण केसी टोलीबाट बाहिरिएका छन् […]

Success

Thank you for your time.