default_image

2 years ago

April 13, 2022

दिल्लीको जितमा मलेसिया र रुपन्देही सेमिफाइनलमा

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिपमा समूह बी बाट अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । आर्मीले आफ्नो समूह चरणको अन्तिम खेलमा उत्तर प्रदेश क्लब ११ लाई ७ विकेटले हराउँदै समूह विजेता रुपमा सेमिफाइलमा पुगेको हो ।

दोस्रो खेलमा रुपन्देही-११ पुश स्पोर्ट्स दिल्लीले ४ विकेटले पराजित भएपनि सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । समूह ए बाट मलेसिया ११ विजेता र रुपन्देही उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाए । समूह बी बाट आर्मी विजेता र उत्तर प्रदेश उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका छन् ।

जितको लागि १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा युवा ब्याटर रोहित पौडेलले ३२ बलमा २ चौकासहित सर्वाधिक ३० रन बनाए । भीम सार्की २३ बलमा ३ चौका सहित २६ रनमा अविजित रहे । सन्तोष कार्की २०, हरि चौहान १६ र राजेश पुलामीले ६ रन बनाए । युपीका विपिन चन्द्र तेजास सिंह र राहुल कुमारले १–१ विकेट लिए ।

त्यसअघि सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर ब्याटिङ थालेको युपीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनायो । शुभम चौधरीले २७ बलमा ३ चौकासहित सर्वाधिक २७ रन बनाए । नितिन राम २१, सनी सिंह १९ र राज यादव २१ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुशान भारी, जितेन्द्र मुखिया र हरि चौहानले २–२ विकेट लिए । साहब आलमले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर १ विकेट लिए ।


समूह ए को अन्तिम खेलमा १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा विशेष सरोहाले २१ बलमा २ चौका र १ छक्कासहित २६ रनमा अविजित रहे । अभिषेक अग्रवाल १४, आदित्य जैन १२, मयंक गुप्ता १४ र पृगान पाठक १९ रन बनाए ।

रुपन्देहीका विशाल विक्रम केसी र विक्रम भुषालले २–२ विकेट लिए । रुपेश कुर्मी र बशिर अहमदको नाममा १–१ विकेट रह्यो । त्यसअघि टस जितेर ब्याटिङ थालेको रुपन्देही १ सय ३ रनमा अल आउट भएको थियो । रुपन्देहीका बशिर अहमदले ३६ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाए । विशालले ३० बलमा २ चौका र २ छक्कासहित २९ रन बनाए । दिल्लीका स्पर्श, मयंक गुप्ता, सरोहा, प्रयांक प्रसाद र फोगतले २(२ विकेट लिए ।

अंक तालिका

समूह ए मा मलेसिया ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्षस्थानमा रह्यो । रुपन्देही ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । पुश स्पोर्ट्स दिल्ली ३ खेलमा २ मा जित र १ मा हारसहित नेटरनरेटका कारण तेस्रो स्थानमा रहेर बाहिरियो । मलेसियाको नेटरनरेट ०.५३०, रुपन्देहीको ०.३९७ र दिल्लीको माइनस ०.३८ रह्यो । पुलिस जित बिहीन बन्दै बाहिरियो ।

समूह बी मा आर्मी ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा रह्यो । युपी ३ खेलमा २ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो । समूह बी बाट नेपाल एपिएफ क्लब र ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी भने बाहिरिए ।

सेमिफाइनलका खेल बिहीबार र फाइनल शनिबार हुनेछ । सेमिफाइनलमा रुपन्देही र आर्मी भिड्नेछन् । अर्को सेमिफाइनलमा उत्तर प्रदेश र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

May 16, 2024

एपिएफ लिग चरणका सबै खेलमा विजयी 

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर्स कपमा नेपाल एपिएफ क्लबले राउण्ड रोबिन चरणको सबै खेलमा जित दर्ता गरेको छ । लगातार तीन जित दर्ता गर्दै फाइनल प्रवेश गरिसकेको एपिएफले बिहीबार चौथो खेलमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदुरपश्चिमले दिएको ११२ रनको लक्ष्य एपिएफले दुई बल बाँकी छँदै पुरा […]

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

Success

Thank you for your time.