default_image

2 years ago

April 13, 2022

श्रीलंकन वसन्था जिएचसिएको ब्याटिङ कन्सल्टेन्ट

काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीले श्रीलंकाका मिहिराज वसन्थालाई कन्सल्टेन्ट प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । आइसिसीका थ्रि लेभलका प्रशिक्षक वसन्थाले श्रीलंका, दुबई, इंग्ल्यान्ड र भारतमा गरि १५ वर्ष प्रशिक्षकको रुपमा काम गरेको छ । बेंगलोरमा रहेको शिन्स क्रिकेट एकेडेमीमा मुख्य प्रशिक्षकको रुपमा काम गरि सकेका छन् । जिएचसिएमा उनले मे देखि जुलाई […]

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीले श्रीलंकाका मिहिराज वसन्थालाई कन्सल्टेन्ट प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । आइसिसीका थ्रि लेभलका प्रशिक्षक वसन्थाले श्रीलंका, दुबई, इंग्ल्यान्ड र भारतमा गरि १५ वर्ष प्रशिक्षकको रुपमा काम गरेको छ ।

बेंगलोरमा रहेको शिन्स क्रिकेट एकेडेमीमा मुख्य प्रशिक्षकको रुपमा काम गरि सकेका छन् । जिएचसिएमा उनले मे देखि जुलाई गरि तीन महिनाको लागि ल्याउन लागेको हो ।

जिएचसिएको काठमाडौंको शान्तिनगर र हात्तिवनमा रहेका दुबै एकेडेमीका खेलाडीले ट्रेनिङ गर्नेछन् । वसन्थाले २०१३ मा श्रीलंका सिनियर महिला टोलीको ब्याटिङ प्रशिक्षकको रुपमा काम गरेका थिए । उनले १९९९ देखि २००६ सम्म श्रीलंका प्रथम श्रेणी खेल खेलेका थिए ।


जिएचसिएका अध्यक्ष सुदीप शर्माले उनलाई स्वागत गर्न पाउँदा खुसी ब्यक्त गरेका छन् । ‘हाम्रो एकेडेमीमा उच्च स्तरका प्रशिक्षक भित्र्याउन पाउँदा खुसी छौं । जिएचसिए एकेडेमीका खेलाडीलाई सधैं उत्कृष्ट विश्व स्तरिय प्रशिक्षण दिन चाहन्छ । उनीबाट खेलाडीले अन्तर्राष्ट्रिय अभ्यास पाउने छन्, शर्माले भने ।’


जिएचसिए बारे सम्पूर्ण जानकारी : क्रिकेट उद्यान : ग्रासरुट विकासमा जम्दै वाईवाई जिएचसिए

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेश माथि २१ रनको जित हासिल गर्दै उपाधि कब्जा गरेको हो । लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

Success

Thank you for your time.