default_image

2 years ago

April 15, 2022

रुटले कप्तानी छाडे

एजेन्सी – इंग्ल्यान्डका वर्तमान समयका उत्कृष्ट ब्याटर जो रुटले टेस्ट टोलीको कप्तानी छाड्ने भएका छन् । पछिल्लो समय इंग्ल्यान्डले अष्ट्रेलिया र वेस्टइन्डिजसँगको सिरिज गुमाएपछि रुटले पद छाड्ने निर्णय लिएका हुन् । २०१७ मा एलिष्टर कुकले कप्तानी छाडेपछि रुट इंग्ल्यान्डको टेस्टको नेतृत्व सम्हाल्लेका थिए । तर गत डिसेम्बर जनवरीमा अष्ट्रेलियासँग पाँच एसेज सिरिजमा ४–० को हार […]

133 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका वर्तमान समयका उत्कृष्ट ब्याटर जो रुटले टेस्ट टोलीको कप्तानी छाड्ने भएका छन् । पछिल्लो समय इंग्ल्यान्डले अष्ट्रेलिया र वेस्टइन्डिजसँगको सिरिज गुमाएपछि रुटले पद छाड्ने निर्णय लिएका हुन् ।

२०१७ मा एलिष्टर कुकले कप्तानी छाडेपछि रुट इंग्ल्यान्डको टेस्टको नेतृत्व सम्हाल्लेका थिए । तर गत डिसेम्बर जनवरीमा अष्ट्रेलियासँग पाँच एसेज सिरिजमा ४–० को हार र वेस्टइन्डिज मार्चमा तीन टेस्ट सिरिज १–० ले गुमाएपछि रुटलाई कप्तानी छाड्न दबाब बढेको थियो ।

रुटले पाँच वर्षमा ६४ टेस्ट खेलमा कप्तानी गर्दा २७ मा जित दिलाएका थिए । जुन इंग्ल्यान्डबाट टेस्टमा सर्वाधिक खेल जित्ने कप्तान हुन् । पछिल्लो पाँच वर्षमा रुटले सानदार प्रदर्शन गर्दै आएका छन् । रुट एलिष्टर कुकपछि इंग्ल्यान्डमा टेस्टमा सर्वाधिक रनकर्ता हुन् ।

कुलले १२ हजार ४ सय ७२ रन बनाउँदा रुटले ९ हजार ८ सय ८९ रन बनाएका छन् । रुटले कप्तानको रुपमा १४ शतक सहित ५ हजर २ सय ९५ रन बनाए ।

रुटको कप्तानीमा २०१८ मा इंग्ल्यान्डले भारतसँगको पाँच टेस्ट सिरिज ४–१ ले जितेको थियो । २०२० का दक्षिण अफ्रिकालाई ३–१ ले हराएको थियो । २०२१ मा घरेलु टोली श्रीलंकालाई दुई टेस्टको सिरिजमा क्लिनस्विप गरेको थियो ।

‘वेस्टइन्डिजबाट फर्केपछि मैले कप्तानी छाड्ने निर्णय गरेको छु । यो मेरो करिअरको ठूलो चुनौतीपूर्ण निर्णय हो । मैले मेरो परिवार र नजिकका ब्यक्तिसँग छलफल गरेर यो निर्णय गरेको हुँ’, रुटले भनेका छन् ।

‘मेरो देशको कप्तानी गर्न पाउँदा अन्त्यतै गर्व गर्दछु । धेरै गर्वका साथ विगतको पाँच वर्षलाई फर्केर हेर्ने छु । कप्तानी गर्न पाउनु इंग्ल्यान्डका सम्मानको कुरा हो,’ रुटले भने ।

इंग्ल्यान्डको टेस्ट कप्तानको रुपमा बेन स्टोक्स र जस बटलर दाबेदार खेलाडी हुन् । सिमित ओभरको कप्तान भने ओईन मोर्गनले गर्दै आएका छन् ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.