3 years ago
April 23, 2022
एजेन्सी – राजस्थान रोयल्सका ओपनर जस बटलरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सुरुवाती ७ खेलमै ३ शतक प्रहार गरेका छन् । बटलरले आफ्नो लयलाई निरन्तरता दिँदै दिल्ली क्यापिटल्सविरुद्ध शुक्रबार राती ६५ बलमा ९ चौका र ९ छक्कासहित १ सय १६ रनको उत्कृष्ट शतकीय इनिङ खेले ।
जारी आइपिएलमा लगातार दोस्रो, सिजनको तेस्रो र आइपिएल करिअरको चौथो शतक प्रहार गरेका बटलरले जीवनको उत्कृष्ट लयको मज्जा लिईरहेको बताएका छन् । ‘यो एक विशेष प्रदर्शन थियो । मज्जा आयो । मलाई यो स्टेडियम मनपर्छ । यो एक सानदार वातावरण थियो’, बटलरले खेलपछि भने ।
वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको राजस्थानले बटलरको सानदार शतकमा २० ओभरमा २ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । बटलरले यसअघि सोमबार कोलकाता नाइट राइडर्सविरुद्ध ६१ बलमा ९ चौका र ५ छक्कासहित १ सय ३ रन बनाएपछि राजस्थानले २ सय १७ रन बनाएको थियो ।
मुम्बईविरुद्ध अप्रिल २ मा बटलरले ६८ बलमा ११ चौका र ८ छक्कासहित १ सय रनको अविजित इनिङ खेलेका थिए । बटलर पहिलो खेलमा सनराइजर्स हैदराबादविरुद्ध ३५, रोयल च्यालेन्जर्स बेंगलोरसँग ७० रनमा अविजित, लखनऊ सुपर जायन्ट्सविरुद्ध १३ रन र गुजरात टाइटन्ससँग ५४ रनमा आउट भएका थिए ।
‘मैले जीवनको उत्कृष्ट लयको मज्जा लिईरहेको छु । मैले यो लयलाई आगमी दिनमा कायम राख्न आवश्यक छ’, बटलरले भने । त्यसैमा थपे, ‘सुरुमा बल स्विङ भएको थियो । जुन अलि कठिन थियो । तपाईंले त्यो दबाब उठाउनुपर्छ । यसको माध्यमबाट आउनुपर्छ । एक पटक तपाईंले यसलाई पूरा गर्नुभयो भने आत्माविश्वास आउँछ ।’
बटलर उच्च लयमा छन् । बटलरले गत अक्टोबरमा युएईमा भएको टि२० विश्वकपमा पनि सानदार प्रदर्शन गरेका थिए । बटलरले श्रीलंकाविरुद्ध ब्याटिङ गर्न कठिन मानिएको शारजाहको पिचमा ६७ बलमा १ सय १ रनको एक सानदार इनिङ खेलेका थिए । त्यसअघि अष्ट्रेलियाविरुद्ध ७१ रनको अविजित इनिङ खेलेका थिए ।
‘ हामीले राम्रो साझेदारी गर्न सफल भयौं । ओपनर देवदत्त पाडिक्कल अर्कोछेउबाट राम्रो खेल खेले । हामीले आक्रामण गर्ने र दिल्लीलाई दबाबमा राख्ने निर्णय गर्यौ । विकेटपरिवर्तन हुनसक्छ । प्रतियोगितामा चार मैदानका विकेटमात्र प्रयोग हुनेछन् । आज राती कुनै शीत थिएन । परिस्थीति फरक भएपनि टोलीहरुले ब्याटिङ पहिला गर्नसक्छन्’ उनले भने ।
पहिलो विकेटका लागि बटलर र पाडिक्कलले १५.१ ओभरमा १ सय ५५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । पाडिक्कल ३५ बलमा ५४ रनमा आउट भएका थिए । यस सिजनमा पहिला ब्याटिङ गर्ने अधिकाम्स टोली पराजित भएका छन् । तर राजस्थानले पाँच जितनै पहिला ब्याटिङ गर्दै जितेको छ ।
यसले राजस्थानको ब्याटिङ लाइनअप प्रष्टाउछ । राजस्थानले पहिलो खेलमा हैदराबादलाई ६१ रन र मुम्बईलाई २३ रनले हराएको थियो । बेंगलोरसँग ४ विकेटले पराजित हुँदा लखनऊलाई ३ रनले हराएको थियो । गुजरातसँग ३७ रनले पराजित हुँदा कोलकातालाई ७ रनले विजयी भएको थियो । राजस्थानले ७ मध्य ६ खेलमा पहिला ब्याटिङ गरेको छ ।
राजस्थानले बटलरलाई १६ करोड भारुमा रिटेन गरेको थियो । बटलरले विराट कोहलीले आइपिएल इतिहासमा बनाएको एकै सिजनको सर्वाधिक रन र शतकको कीर्तिमान तोड्ने सम्भावना देखाएका छन् । आइपिएल इतिहासमा एकै सिजनमा सर्वाधिक रन २०१६ मा रोयल च्यालेन्जर्स बेंगलोरबाट कोहलीले १६ खेलमा ४ शतक र ७ अर्धशतक सहित ९ सय ७३ रन बनाएका थिए ।
बटलरले २०२२ मा सुरुवाती ७ खेलमा ३ शतक र २ मा अर्धशतक सहित ४ सय ९१ रन बनाएका छन् । आइपिएलमा एकै सिजनमा तीन शतक प्रहार गर्ने बटलर र कोहली मात्र हुन् । लगातार दुई शतक शिखर धवन र बटलरले मात्र प्रहार गरेका छन् ।
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]
December 15, 2024
एजेन्सी – भारतविरुद्ध दुई खेलाडीको शतकमा तेस्रो टेस्टमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको छ । वोर्डर गावास्कर ट्रफी सिरिजको तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो इनिङ अन्तर्गत दोस्रो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ५ रन […]