default_image

2 years ago

May 2, 2022

टियुमा भारी वर्षा, खेल हुने सम्भावना न्यून

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र जिम्बावे ए बीचको दोस्रो टि२० अभ्यास खेल भारी वर्षाको कारण पुन सुरु हुने सम्भावना कम बनेको छ । अम्पायर वियन कुमार झा र राम पाण्डेले मैदान निरिक्षण गर्दै दुई ओभर झारेर खेल दिउँसो २ : २० मा सुरु हुने जानकारी दिएका थिए । केहि समयमा पुन भारी वर्षा भएको […]

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र जिम्बावे ए बीचको दोस्रो टि२० अभ्यास खेल भारी वर्षाको कारण पुन सुरु हुने सम्भावना कम बनेको छ । अम्पायर वियन कुमार झा र राम पाण्डेले मैदान निरिक्षण गर्दै दुई ओभर झारेर खेल दिउँसो २ : २० मा सुरु हुने जानकारी दिएका थिए ।

केहि समयमा पुन भारी वर्षा भएको छ । पिच कभरले ढाकिएको छ । भारी वर्षाको कारण खेल पुन सुचारु हुने सम्भावना निकै न्यून छ । पानी सुकाउने आधुनिक उपकरण नहुँदा तत्काल पानी रोकिएपनि खेल हुने सम्भावना निकै न्यून देखिन्छ ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । जिम्बावेका कड्जाइ मउन्जे १३ बलमा ५ चौका २२ रनमा अविजित छन् । उलाई रोय कैयाले १ रनबाट साथ दिनेछन् । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको दोस्रो ओपनर इनोसेन्ट कैयालाई फष्ट स्लिपमा कुशल भुर्तेलबाट शून्यमा क्याच गराए ।

करण केसीको पाँचौं ओभरको दोस्रो बलमा तडिवानाशे मारुमानी दीपेन्द्रसिंह ऐरीबाट २१ रनमा क्याच भए । उनले ११ बलमा १ चौका र २ छक्का प्रहार गरे । तीन टि२० अभ्यास खेलमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो ।

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

April 17, 2024

आइपिएलमा दिल्लीसँग गुजरातको हार

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । दिल्लीले बुधबार गुजरात टाइटेन्सलाई ६ विकेटले हराएको छ । टस जितेर फिल्डिङ रोज्ने दिल्लीको निर्णय सहि साबित भएको थियो । ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर ९२ रन बनाएको थियो । दिल्लीका लागि […]

April 17, 2024

आशुतोषको शतकमा बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – आशुतोष गिरहियाको सानदार शतकमा बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हात पारेको छ । बागमतीले बुधबार गण्डकी प्रदेशलाई ६७ रनको सहज नतिजामा हराएको हो । गण्डकीको यो लगातार दोस्रो हार हो । माथिल्लो मुलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट […]

Success

Thank you for your time.