default_image

2 years ago

May 3, 2022

पुरन वेस्टइन्डिजको नयाँ कप्तान

एजेन्सी – वेस्टइन्डिजका विकेटकिपर ब्याटर निकोलस पुरन सिमित ओभर (ओडिआई र टि२० आई) को नयाँ कप्तान बनेका छन् । अघिल्लो महिना विष्फोटक ब्याटर काइरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि वेस्टइन्डिजले पुरनलाई कप्तानमा नियुक्त गरेको हो । पुरन वेस्टइन्डिजको सिमित ओभरको उपकप्तान रहँदै आएका थिए । पुरनको कप्तानीमा वेस्टइन्डिजले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप […]

165 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजका विकेटकिपर ब्याटर निकोलस पुरन सिमित ओभर (ओडिआई र टि२० आई) को नयाँ कप्तान बनेका छन् । अघिल्लो महिना विष्फोटक ब्याटर काइरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि वेस्टइन्डिजले पुरनलाई कप्तानमा नियुक्त गरेको हो ।

पुरन वेस्टइन्डिजको सिमित ओभरको उपकप्तान रहँदै आएका थिए । पुरनको कप्तानीमा वेस्टइन्डिजले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप र २०२३ भारतमा हुने एकदिवसिय विश्वकप जस्ता ठूला प्रतियोगिता खेल्नेछ । ओपनर शाई होपलाई ओडिआईको उपकप्तान बनेका छन् ।

२६ वर्षीय पुरनले ३७ ओडिआई र ५७ टि२० आई खेल खेलेका छन् । पुरनले वेस्टइन्डिजबाट टि२० मा कप्तानी गरि सकेका छन् । गतवर्ष अष्ट्रेलियासँगको पाँच टि२० आई सिरिज पुरनको कप्तानीमा वेस्टइन्डिजले ४–१ ले जितेको थियो । पोलार्ड घाइते हुँदा उक्त सिरिज पुरनले नेतृत्व गरेका थिए ।


पुरन युवा पुस्ताका आक्रामक ब्याटर, उत्कृष्ट विकेटकिपर, फिल्डर र कप्तान मानिन्छन् । पुरनले २०१४ र २०१६ मा यू–१९ विश्वकप खेलेका थिए । २०१६ को फाइनलमा वेस्टइन्डिजले यू-१९ विश्वकप उपाधि जित्दा पुरनले प्रतियोगिताभर सानदार प्रदर्शन गरेका थिए ।

२०१९ को एकदिवसिय विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । पछिल्लो समय पुरन सिमित ओभरका प्रमुख खेलाडी हुन् ।
पुरनको कप्तानीमा वेस्टइन्डिजले पहिलो सिरिज आगमी मे ३१ देखि आइसिसी विश्वकप सुपर लिग अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध तीन ओडिआई खेल खेल्नेछ ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.