default_image

2 years ago

May 6, 2022

स्टोक्सले हाने १७ छक्कासहित विष्फोटक शतक

एजेन्सी – इंग्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सले चर्चित घरेलु प्रतियोगिता काउन्ट्री च्याम्पियनसिपको डिभिजन टु मा डरहमबाट १७ छक्कासहित विष्फोटक शतक प्रहार गरेका छन् । डरहमबाट स्टोक्सले वोस्टरशायरविरुद्ध सानदार शतक प्रहार गरेका हुन् । टस जितेर पहिला ब्याटिङ गर्दै डरहमले ५८०–६ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । स्टोक्सले ८८ बलमा ८ चौका र १७ […]

42 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सले चर्चित घरेलु प्रतियोगिता काउन्ट्री च्याम्पियनसिपको डिभिजन टु मा डरहमबाट १७ छक्कासहित विष्फोटक शतक प्रहार गरेका छन् ।

डरहमबाट स्टोक्सले वोस्टरशायरविरुद्ध सानदार शतक प्रहार गरेका हुन् । टस जितेर पहिला ब्याटिङ गर्दै डरहमले ५८०–६ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । स्टोक्सले ८८ बलमा ८ चौका र १७ छक्कासहित १ सय ६१ रनको विष्फोटक शतकीय इनिङ खेले ।

स्टोक्सले जसक्रममा जोश ब्रेकरलाई एकै ओभरमा पाँच छक्का र एक चौकासहित कुल ३४ रन जोडेका थिए । सुरुवाती पाँच बलमा लगातार पाँच छक्का प्रहार गरेका थिए । उनले ६४ बलमै शतक प्रहार गरेका थिए ।

डेविड बेदिंघम १ सय ७५ बलमा १५ चौका र २ छक्कासहित १ सय ३५ रन बनाए । शेन डिक्सनले १ सय ८४ बलमा १४ चौका र १ छक्कासहित १ सय ४ रन बनाए ।

अघिल्लो साता इंग्ल्यान्डले बेन स्टोक्सलाई टेस्टको कप्तानमा नियुक्त गरेको थियो । जो रुटले कप्तानी छाडेपछि स्टोक्सले उक्त नेतृत्व सम्हाल्लेका हुन् । स्टोक्सले घरेलु क्रिकेट खेल्न इन्डियन प्रिमियर लिग (आइपिएल) मेगा अक्सनमा आफ्नो नाम दिएका थिएनन् ।

विश्वका एक उत्कृष्ट अलराउन्डर बेन स्टोक्स इंग्ल्यान्डका प्रमुख खम्बा हुन् । स्टोक्सकै उत्कृष्ट प्रदर्शन सन् २०१९ मा इंग्ल्यान्डले पहिलो पटक एकदिवसिय विश्वकप उपाधि जितेको थियो ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.