default_image

2 years ago

May 7, 2022

जिम्बावे ए माथि नेपालको ९ विकेटको जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा जिम्बावे ए माथि ९ विकेटको सहज जित हात पारेको छ । योसँगै तीन एकदिवसिय अभ्यास खेल १–१ को बराबरी अवस्थामा पुगेको थियो । जितको लागि ८८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका ओपनर सुनिल धमला ३८ बलमा ८ […]

81 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा जिम्बावे ए माथि ९ विकेटको सहज जित हात पारेको छ । योसँगै तीन एकदिवसिय अभ्यास खेल १–१ को बराबरी अवस्थामा पुगेको थियो ।

जितको लागि ८८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका ओपनर सुनिल धमला ३८ बलमा ८ चौकासहित ३८ रनमा आउट भए । आसिफ शेख ३१ बलमा ६ चौकासहित ३४ रनमा अविजित रहे । विनोद भण्डारी ३ बलमा १ चौकासहित ४ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि धमला र आसिफ शेखले १०.३ ओभरमा ७९ रनको साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए । जिम्बावे ए का ब्रेन्डन मभुताले १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावे ए ३१.५ ओभरमा मात्र ८७ रनमा अल आउट भएको थियो । जिम्बावेका लाथि तल्लोक्रमका जनथान क्याम्पबेलले ४२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २७ रन बनाए । ब्राड इभान्सले ३५ बलमा १ चौका र १ छक्कासहित २० रनमा अविजित रहे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चोभार एण्डबाट करण केसी र टियु एण्डबाट सोमपाल कामीले सानदार बलिङ गरेपछि जिम्बावे एको ब्याटिङ ध्वस्त भएको थियो । तीव्र गतिका बलर करण केसीको इनिङको पहिलो बलम ओपनर इनोसेन्ट कैया एज लागेर आसिफ शेखबाट क्याच आउट भए । चौथो ओभरको पाँचौं बलमा सोमपाल कामीले तडिवानाशे मरुमानीलाई ४ रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए ।

करण केसीले अर्को ओभरमा चेफाश झुवाओलाई १० रनमा आसिफबाट क्याच गराए । सोमपाल कामीले रोय कैयालाई ४ रनमा बोल्ड आउट गरेपछि जिम्बावे ए ७.२ ओभरमा २४–४ को कमजोर अवस्थामा पुगेको थियो ।

चोभार एण्डबाट करण र टियु एण्डबाट सोमपाल कामीकोले जिम्बावे एको ब्याटिङ धरासय बनाएका थिए । सुरुवाती १४ ओभर सोमपाल र करणको मात्र स्पेल थियो । करणले क्लाइभ मडान्डेलाई १ रनमा बोल्ड गरे । ल्यूक जोंगवेलाई सागर ढकालले ८ रनमा बोल्ड आउट गरे ।

करण केसीले ८ ओभरमा ३ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट लिए । तेस्रो तथा अन्तिम एकदिवसिय खेल सोमबार हुनेछ । पहिलो खेलमा जिम्बावे ए ले नेपाललाई ३ विकेटले हराएको थियो । तीन टि२० अभ्यास खेल भने १-१ को बराबरीमा सकिएको थियो ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.