4 years ago
May 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो महिला टि२० आई खेलमा युगान्डाले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले कमजोर ब्याटिङ गरेको छ ।

जितको लागि १ सय ३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ११.१ ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको छ । नेपालकी नवनियुक्त उपकप्तान इन्दु बर्मा १२ बलमा १ चौकासहित ७ रनमा क्रिजमा छिन् । कप्तान रुविना क्षेत्री बेलबासे २२ बलमा ९ रन र अप्सरी बेगम १ रनमा आउट भए ।
नेपालका दुबै ओपनर रन आउट भए । पहिलो विकेटका लागि ओपनर ज्योति पाण्डे र विन्दु रावलले ४.२ ओभरमा २० रनको साझेदारी गरेका थिए । रावल २३ बलमा २ चौकासहित १२ रनमा रन आउट भइन् । ज्योति ७ बलमा ६ रन बनाउँदै रन आउट भइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रन बनाएको थियो । युगान्डाकी जेनेत म्बाबाजीले ३८ बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाइन् । नेपाललाई तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरमै सफलता दिलाएकी थिइन् ।

कविताको तेस्रो बलमा ओपनर लिओना बबेरीलाई शून्यमा बोल्ड आउट हुन पुगिन् । दोस्रो विकेटका लागि जेनेत म्बाबाजाई र केभिन एविनोले ४५ रनको साझेदारी गरेका थिए ।
१२ औं ओभरको पहिलो बलमा इन्दु बर्माले जेनेतलाई २९ रनमा एलबीडब्लू आउट गरिन् । ३८ बल खेलेकी उनले ३ चौका प्रहार गरिन् । अर्को ओभरको पहिलो बलमा रुविनाले एविनोलाई १५ रनमा इन्दु बर्माबाट क्याच गराइन् । उनले ३० बल खेलेकी थिइन् ।
रिता मुसामाली १७ बलमा १३ रनमा अविजित रहिन् । रिता न्यांगन्डोले १३ बलमा १ चौका र १ छक्कासहित १८ रनमा आउट भइन् । फ्रैंकलिन नज्जुम्बाले १८ बलमा १२ रन बनाइन् ।
नेपालकी कविता कुँवरले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिइन् । कविता जोशी र इन्दु बर्माले १-१ विकेट लिइन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]