एजेन्सी – शीर्षक्रमका ब्याटर राहुल त्रिपाठीको उत्कृष्ट ब्याटिङमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ६५ औं खेलमा मुम्बई इन्डिन्सलाई १ सय ९४ रनको कठिन लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९३ रन बनायो । हैदराबादका राहुल त्रिपाठीले ४४ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रन बनाए । निकोलस पुरन २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए ।
तेस्रो विकेटका लागि पुरन र त्रिपाठीले ४२ बलमा ७६ रनको साझेदारी गरेका थिए । ओपनर अभिषेक शर्मा ड्यानियल साम्सको बलमा ९ रनमा मयंक मारकान्डेबाट क्याच भए । तर दोस्रो विकेटका लागि प्रियम गर्ग र राहुल त्रिपाठीले दोस्रो विकेटका लागि ४३ बलमा ७८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए ।
यस सिजनको पहिलो खेल खेलेका गर्ग २६ बलमा ४ चौका र २ छक्कासहित ४२ रनमा कट एण्ड बोल्ड आउट भए । गर्ग रमनदीप सिंहको बलमा आउट भए । एडेन माक्ररम २, केन विलियम्सन ८ र वासिन्टन सुन्दरले ९ रन बनाए ।
मुम्बईका रमनदीप सिंहले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । ड्यानियल साम्स, राइली मेरीडिथ र जस्प्रित बुमराहले १–१ विकेट लिए ।