3 years ago
May 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो महिला टि२० आई खेलमा आज युगान्डासँग खेल्दैछ । खेल दिउँसो १ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । पाँच महिला टि२० आई खेलमा युगान्डाले पहिलो खेलमा १२ रन र दोस्रो खेलमा एक विकेटको जितका साथ २–० को अग्रता लिएको छ ।
युगान्डा तेस्रो जितका साथ सिरिज दुई खेल अगावै जित्न चाहन्छ । नेपाललाई सिरिजको उपाधि जित्ने आशा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । तर नेपालले खेल जित्न फिल्डिङ र ब्याटिङक्रममा भने धेरै सुधार गर्न आवश्यक देखिन्छ । दुबै खेल नेपालले कमजोर फिल्डिङ र ब्याटिङक्रमको कारण गुमाएको थियो ।
नेपालले आजको खेलमा ब्याटिङक्रममा केहि परिवर्तन गर्ने सम्भावना छ । अप्सरी बेगमको स्थानमा नेपालले एक बलर खेलाउने सम्भावना छ । स्पिनर संगिता राई त्यसको दाबेदार खेलाडी हुन् । यू-१९ की हिरान्माये रोय पनि डेब्यूको प्रतिक्षमा छिन् । पछिल्लो खेलमा ७ विकेट गुम्दा सम्म विकेटकिपर काजोल श्रेष्ठले ब्याटिङ गरेकी थिइन् ।
नेपालले निकै सुस्त सुरुवात गरेको थियो । ओपनर विन्दु रावललाई पावर प्लेमा आक्रामक ब्याटिङ गर्न आवश्यक देखिन्छ । सीता रानामगरले तेस्रो नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ । दुई प्रमुख हिटर डली भट्ट र कविता जोशीले जिम्मेवारीका साथ प्रदर्शन गर्न आवश्यक देखिन्छ । असन्तुलित ब्याटिङक्रम सुधार विना जित कठिन देखिन्छ । आक्रामक र संयमित ब्याटरबीचको सन्तुलन मिलाउन आवश्यक देखिन्छ ।
तीव्र गतिकी युवा बलर कविता कुँवर नेपालकी प्रमुख हतियार हुन् । उनको प्रदर्शन धेरै महत्वपूर्ण हुनेछ । युगान्डाकी रितु मुसामाली प्रमुख ब्याटर हुन् । प्रमुख अलराउन्डर जेनेत म्वाबाजी र फ्रेन्कलिन नाजुम्बाले पनि लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतवार पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान पक्का गरेको छ । जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गर्नुका साथै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]
December 15, 2024
एजेन्सी – भारतविरुद्ध दुई खेलाडीको शतकमा तेस्रो टेस्टमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको छ । वोर्डर गावास्कर ट्रफी सिरिजको तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो इनिङ अन्तर्गत दोस्रो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ५ रन […]