default_image

2 years ago

May 20, 2022

मध्यक्रम नचल्दा नेपाल बलियो योगफल बनाउनबाट चुक्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको चौथो महिला टि२० आई खेलमा ९८ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाल १७.५ ओभरमा ९७ रनमा अल आउट भयो । नेपालकी ओपनर ज्योति पाण्डेले १३ बलमा ४ चौकासहित सर्वाधिक १७ रन बनाइन् । विन्दु रावलले ३५ बलमा १ चौकासहित १६ रन […]

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको चौथो महिला टि२० आई खेलमा ९८ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाल १७.५ ओभरमा ९७ रनमा अल आउट भयो ।


नेपालकी ओपनर ज्योति पाण्डेले १३ बलमा ४ चौकासहित सर्वाधिक १७ रन बनाइन् । विन्दु रावलले ३५ बलमा १ चौकासहित १६ रन बनाइन् । नेपालले सुरुवात भने राम्रो गरेको थियो । सुरुवाती ८ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको थियो ।

त्यसपछि निरन्तर विकेट गुमाउँदै नेपाल १५.१ ओभरमा ७८–८ को कमजोर अवस्थामा पुगेको थियो । नेपालले मध्यक्रममा २८ रन जोड्न ६ विकेट गुमाएपछि बलियो योगफल बनाउनबाट चुकेको थियो ।

पहिलो विकेटका लागि ज्योति र विन्दुले ३.४ ओभरमा २९ रनको साझेदारी गरेका थिए । आक्रामक सुरुवाती दिलाएकी ज्योति जेनेत म्बावाजीबाट उत्कृष्ट क्याच भएकी थिइन् । कोन्सी एविकोले इन्दु बर्मालाई १ रनमा बोल्ड गरिन् ।

सीता रानामगर ८ बलमा २ चौकासहित ११ रनमा रन आउट भइन् । त्यसपछि नेपालले लगातार विकेट गुमाएको थियो । सरिता मगर २ रनमा बोल्ड भइन् । विन्दु एविको बलमा एलबीडब्लू आउट भइन् । रुविना क्षेत्री बेलबासे एविनो अकिटेंगको बलमा १ रनमा स्टम्पिङ आउट हुँदा नेपाल १२.१ ओभरमा ६६–६ को अवस्थामा पुगेको थियो ।

अप्सरी बेगम ४ र डली भट्ट ६ रनमा आउट भए । अस्मिना कर्माचार्य र कविता कुँवरले ६-६ रन जोडे । युगान्डाकी कोन्सी कोन्सी एविकोले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् । सारा एकिटेंगले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर २ विकेट लिइन् ।

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

March 27, 2024

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]

Success

Thank you for your time.