default_image

4 years ago

May 24, 2022

बटलरको सानदार ब्याटिङमा फाइनलमा पुग्न गुजरातलाई विशाल लक्ष्य

237 views

0 Bookmark

एजेन्सी – ओपनर जस बटलरको सानदार ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई १ सय ८९ रनको विशाल लक्ष्य दिएको छ ।

इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । राजस्थानका ओपनर जस बटलरले ५६ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ८९ रनमा आउट भए ।

बटलर अन्तिम ओभरको अन्तिम नो बलमा दुई रन लिनेक्रममा रन आउट भएका थिए । बटलरले १६ ओभरको समाप्तिमा ३८ बलमा ३९ रन मात्र बनाएका थिए । त्यसपछि भने बटलरले आफ्नो खेल्ने शैली परिवर्तन गर्दै आक्रामक ब्याटिङका साथ बलियो योगफलमा पुर्याए ।

ओपनर यशस्वी जैसवाल यश दयालको दोस्रो ओभरको अन्तिम बलमा एज लागेर दुई रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि बटलर र सन्जु स्यासमनले ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । सुरुवात देखिनै आक्रामक ब्याटिङ गरेका स्यामसनले २६ बलमा ५ चौका र ३ छक्कासहित ४७ रनमा आउट भए ।

स्पिनर रविश्रीनिवास साई किशोरको बलमा स्यामसन दशौं ओभरको पाँचौं बलमा लङअफमा अल्जारी जोशेफबाट क्याच भए । हार्दिक पान्ड्याको बलमा बोल्ड हुनुअघि देवदत्त पाडिक्कलले २० बलमा २ चौका र २ छक्कासहित २८ रन बनाए ।


गुजरातका राशिद खानले ४ ओभरमा १५ रन खर्चे । मोहम्मद शामी, यश दयाल, हार्दिक पान्ड्या र साई किशोरले १–१ विकेट लिए । रियान पराग र शिम्रन हेटमायर ४–४ रनमा आउट भए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.